काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै पुलिसले पहिलो जित निकालेको हो ।
पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरे । विदेशी खेलाडी मोजेजले एक गोल थपे ।
फ्रेन्ड्सका टोरिक जेब्रिनले एक गोल फर्काए ।
खेलको ५१ औं मिनेटमा मोजेजले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।
५८ औं मिनेटमा बुद्धले गोल गर्दै पुलिसलाई २-० को अग्रता दिलाए ।
खेलको ८७ औं मिनेटमा टोरिकले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ९० औं मिनेटमा बुद्धले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३-१ को जित दिलाए ।
पुलिसले सातौं चरणमा आएर पहिलो जित निकालेको हो ।
जितसँगै पुलिसले ७ खेलमा ४ अंक जोडेको छ । पुलिस १३ औं स्थानमा उक्लिएको छ ।
फ्रेन्ड्सले पनि ७ खेलमा ४ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा रहेको छ।