काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
यस बराबरीसँगै चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ ।
एपीएफले ७ खेलमा ११ अंक जोडेको छ ।
खेलपछि एपीएफका मुख्य प्रशिक्षक रत्नकाजी महर्जनले टिममा तालमेल नमिल्दा खेल बिग्रिएको बताए ।
खेलमा खेलाडीबीच तालमेल नमिल्दा खेल बिग्रियो । ३ अंकको लागि खेलेको १ अंकमा खुसी हुनु पर्ने अवस्था छ । शीर्ष चारमा पुग्न यो खेलले गार्हो हुन्छ', उनले भने ।
चर्च ब्वाइजका गोलकिपर प्रशिक्षक मिर सावन्तले एक अंकमा खुशी रहेको बताए ।
'आज खेल राम्रो भयो । एक अंक हाम्रो लागि राम्रो हो,' उनले भने ।