दिलिप स्मृति तेक्वान्दो बुधबारदेखि
आइतबार, २६ चैत्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । दिलिप स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ८ जिल्लाका करिब २ सय खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् । खत्रीका अनुसार सहभागी जिल्ला र खेलाडी संख्या बढ्न सक्ने छ ।
प्रतियोगितामा विभिन्न २३ स्पर्धामा खेल हुनेछ । टिममा प्रथम हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुनेछ ।
दिलिप स्मृति तेक्वान्दो बुधबारदेखि





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)



-1788059680773.webp&w=3840&q=75)



