काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लबले सहज जित निकालेको छ ।
च्यासल मैदानमा शुक्रबार मनाङले फ्रेन्ड्स क्लबलाई २-० गोल अन्तरले हराएको हो ।
मनाङको जितमा कोफी टिमोथी कुदोले दुई गोल गरे ।
खेलको ३४ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५२ औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २-० को जित दिलाए ।
जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
अपराजित मनाङको यो चौंथो जित हो । मनाङले ६ खेलमा १४ अंक जोडेको छ ।
फ्रेन्ड्स ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।