काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।
च्यासल मैदानमा बिहीबार भएको खेलमा थ्री स्टारले आर्मीलाई १-० गोल अन्तरले हराएको हो ।
थ्री स्टारको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे ।
उनले खेलको १७ औं मिनेटमा गोल गरेका थिए ।
थ्री स्टारको यो तेस्रो जित हो । थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ ।
थ्री स्टार छैटौं स्थानमा रहेको छ ।
आर्मीले ६ खेलमा ८ अंक जोडेको छ ।
आर्मी आठौं स्थानमा रहेको छ ।