संकटाले खुमलटारलाई हरायो
सोमबार, २० चैत्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा फुटबल क्लबले एफसी खुमलटारलाई हराएको छ ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा संकटाले खुमलटारलाई १-० गोल अन्तरले हराएको हो ।
संकटाको जितमा जुनियर ओन्गुएनेले निर्णायक गोल गरे ।
जुनियरले खेलको २७ औं मिनेटमा गोल गरेका थिए ।
संकटाको यो दोस्रो जित हो ।
संकटाले ६ खेलमा ९ अंक जोडेको छ ।
संकटा छैटौं स्थानमा उक्लिएको छ ।
खुमलटारको यो चौंथो हार हो ।
खुमलातर ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
संकटाले खुमलटारलाई हरायो






-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)

-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)


