काठमाडौं । एपीएफ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा तेस्रो जित निकालेको छ ।
च्यासल मैदानमा सोमबार विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई २-० ले हराउँदै एपीएफले तेस्रो जित निकालेको हो ।
एपीएफको जितमा हरि कार्की र सबिन गुरुङले एक एक गोल गरे ।
खेलको ५७ औं मिनेटमा हरिले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा सबिनले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए ।
जितसँगै एपीएफले ६ खेलमा १० अंक जोडेको छ ।
एपीएफ पाँचौं स्थानमा उक्लिएको छ ।
पुछारको पुलिसको यो पाँचौं हार हो ।
पुलिसले ६ खेलमा १ अंक जोडेको छ ।