काठमाडौं । प्रथम एनटिए खुल्ला तेक्वान्दो पुम्से लिग च्याम्पियनसिप चैत अन्तिम साता आयोजना हुने भएको छ ।
नेपाल तेक्वान्दो संघले आइतबार पत्रकार सम्म्मेलन गर्दै प्रतियोगिता चैत २९ गते आयोजना हुने जनाएको छ ।
प्रतियोगितामा सिनियर, जुनियर, क्याडेट र सुपर क्याडेट गरी ७ वटा उमेर समूहमा ३५ वटा विधामा प्रतिस्पर्धा हुनेछ ।
करिव ३०० जना खेलाडीहरुको सहभागिता रहने यस प्रतियोगिताका लागि करीव ९ लाख ५० हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा देखिएका उत्कृष्ट खेलाडीहरुलाई छनौट गरी राष्ट्रिय टिमको तयारीमा समावेश गराई खेलाडीहरुको खेल कौशलमा निखारता ल्याउदै तेक्वान्दो खेलले प्राप्त गरेको गौरवपूर्ण सफलता र उपलब्धिलाई अझै उत्कृष्ट पार्ने संघको लक्ष्य रहेको छ ।
प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न नेपाल तेक्वान्दो संघले संघका उपाध्यक्ष भान बहादुर चन्दको अध्यक्षतामा ७ सदस्यीय प्रतियोगिता आयोजक समिति गठन गरेको छ र प्रतियोगिता आयोजक समितिमा संघका केन्द्रीय सदस्य बब्लु सिवाकोटी संयोजक रहेको आयोजकले जनाएको छ ।