धनगढी । धनगढी जेसीजले धनगढीमा नवौं संस्करणको हाफ म्याराथन आयोजना गर्ने भएको छ ।
नयाँ वर्षको अवसरमा आयोजना हुने हाफ म्याराथन बैशाख १ गते हुनेछ ।
‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिता धनगढी रंगशालामा हुनेछ ।
प्रतियोगितामा हाफ म्याराथनसँगै अन्य विधाको दौड समेत समावेश गरिएको छ ।
प्रतियोगिता कर्पोरेट र सञ्चार (५ किलोमिटर), ट्राइसाइकल रेस (५ किलोमिटर) र महिला (५ किलोमिटर) विधा समेत समावेश गरिएको छ।
हाफ म्याराथनतर्फ विजेताले ५५ हजार पाँच सय ५५, दोस्रोले ३३ हजार ३ सय ३३ र तेस्रोले २२ हजार दुई सय २२ रुपैयाँ पाउने छन् ।
त्यस्तै कर्पोरेट र सञ्चारतर्फ पहिलोलाई ५ हजार ५ सय ५५, द्वितीयलाई ३ हजार ३ सय ३३ र तृतीयलाई २ हजार २ सय २२ रुपैयाँ पुरस्कार राखिएको छ ।
ट्राइसाइकलतर्फ शारीरिक अपाङ्गता भएका सहभागी सबैलाई पुरस्कार दिइने छ ।
यस्तै महिलातर्फ विजेताले ५ हजार ५ सय ५५, दोस्रोले ३ हजार ३ सय ३३ र तेस्रोले २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने छन् ।