इलाम । आगामी वैशाख १ गते खुल्ला “प्रथम इलाम–माईपोखरी म्याराथन” हुने भएको छ ।
इलाम नगरपालिका, सन्दकपुर गाँउपालिका र रणसार्दुल गणको संयुक्त आयोजनामा म्याराथन हुने भएको हो ।
‘खेलकुदको विकास, स्वास्थ्यकर जीवनः पर्यटन प्रवर्धनमा इलामको आव्हान” भन्ने नारा सहित आयोजना हुने म्याराथन पुरुष र महिला विधामा हुने छ ।
पुरुष तर्फको ४२.२ किलोमिटर हुनेछ । इलाम नगरपालिका–१० गोदकको मेची राजमार्गस्थित नारायण चोक–माईखोला–इलाम बजार–बिब्लियाटे–धारापानी–माईपोखरी–सात खाल्डे मैदानसम्म रहेको छ ।
महिला तर्फ हाफ म्याराथन हुनेछ । महिला तर्फको दौड रुटः इलाम बजार–बिब्लियाटे–धारापानी– माईपोखरी–सात खाल्डे मैदान २१.१ किमी रहेको छ । म्याराथनमा भारतीय धावकहरु समेत सहभागी हुने इलाम नगर प्रमुख केदार थापाले बताए ।
पुरुष तर्फ पहिलो हुनेलाई २ लाख ५० हजार र महिला तर्फ पहिलो हुनेलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । दुवै समूह तर्फ १० औं स्थान सम्म प्राप्त गर्ने खेलाडीहरुले समेत नगद पुरस्कार पाउनेछन ।
म्याराथनलाई नेपाल पर्यटन बोर्डले समेत सहयोग गरेको छ।