संकटासँग चर्च ब्वाइजको बराबरी
मंगलबार, फागुन ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेड बराबरीमा रोकिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार चर्च ब्वाइजले संकटा क्लबसँग गोलरहित बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको इन्जुरी समयमा संकटाका मनिष डाँगी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार चर्चका गोलकिपर प्रिसोले बचाए ।
चर्चका डिफेन्डर कमल श्रेष्ठले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो ।
नवप्रवेशी चर्च ब्वाइजको यो पहिलो बराबरी हो ।
चर्चले अघिल्लो तीन खेलमा लगातार जित निकालेको थियो ।
चर्च ब्वाइज ४ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
संकटाले ४ खेलमा ५ अंक जोडेको छ । संकटा आठौं स्थानमा रहेको छ ।
संकटासँग चर्च ब्वाइजको बराबरी







-1762660030983.webp&w=3840&q=75)





-1762650963668.webp&w=3840&q=75)