निजगढ । बारामा जारि कोल्हवी भलिबल कप प्रतियोगिताको उपाधिको लागी विभागीय टोलिहरु नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले पाथिभरा भलिबल ट्रेनिङ सेन्टर झापालाई ३-० को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
फाईनल प्रवेश गर्ने क्रममा एपीएफले पाथिभरालाई २५-२२,२५-२० र २५-१८ को सेटमा पराजित गर्यो ।
दोश्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले पनि मधेश प्रदेशलाई ३-० को सेटमा पराजित गर्न सफल भयो ।
पुलिसले मधेश प्रदेशलाई २५-१०,२५-१७ र २५-१० ले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको बिजेताले २ लाख ५ हजार र उपविजेताले १ लाख ५ हजार प्राप्त गर्नेछ भने तेस्रो हुने टोलीले ५५ हजार रुपैंया प्राप्त गर्नेछ ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैंया प्राप्त गर्नेछन भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही ५ हजार रुपैंया प्राप्त गर्ने छन् ।