काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ ।
कोटेश्वर ५ स्वर्ण र ३ रजत जित्दै टिम च्याम्पियन बनेको हो ।
गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, इस्टपोट उच्च माविको व्यवस्थापन र गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित प्रतियोगितामा मूलपानी तेक्वान्दो डोजाङ दोश्रो भयो । मूलपानीले ५ स्वर्ण र १ रजत हात पार्यो । तेश्रो स्थानको मैजुकुमारी तेक्वान्दो डोजाङले ३ स्वर्ण र ३ रजत प्राप्त गर्यो ।
जोरपाटीस्थित इस्टपोलमा भएको प्रतियोगिताको पुरुषमा मूलपानीका आयुश ढुंगेल तथा महिलामा काटेश्वरकी अनुज्ञा सापकोटा उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल, गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिका अध्यक्ष सोभितमान गिरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई तेक्वान्दोको विकास र विस्तारमा योगदान पु¥याएवापत आयोजकले सम्मान गरेको थियो । दुईदिने प्रतियोगितामा १९ डोजाङका २ सय ७० खेलाडीले विभिन्न १८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।