काठमाडौं । स्वस्तिश्री गुरुकुल आई. वी. वर्ल्ड स्कूलले खेलप्रेमी विद्यार्थीहरुका लागि खेलकुदप्रति बढी आकर्षित अनि दक्ष बनाउने उद्देश्य राखेर ‘रन फर नेसनलपिसको नाराका साथ रोड रेस– २०७९ विशेष कार्यक्रम गरेर सम्पन्न गरेको छ ।
प्रतियोगितामा सोह्र वर्ष मुनीका छात्र र छात्राको दुई समूहमा प्रतिस्पर्धा भएको थियो । छात्रतर्फ पाँच किलोमिटर र छात्रातर्फ तीन किलोमिटरको दुरी कायम गरिएको थियो ।
प्रतियोगितामा छात्रतर्फ हिमाल अधिकारीले प्रथम स्थान हासिल गर्न सफल भएका थिए भने दोस्रो स्थान दिपेन्द्र बोहोराले प्राप्त गरेका थिए । सनम शर्पाले स्थान हासिल गर्न सफल भएका थिए । चौंथो देखि दशौँ स्थान प्राप्त छात्रहरु क्रमशः बादलकार्की, हस्त सुनार, चक्का रोकाय, रोहित बोटे, गौतम राई, सुजल स्याङ्तान र रोशन श्रेष्ठ रहेका थिए ।
छात्रातर्फ विमला कार्कीले प्रथम स्थान हासिल गर्न सफल भएकी थिइन् भने दोस्रो स्थान डोमा बूढाले प्राप्त गरेकी थिइन् । ओहाना कार्कीले तेस्रो स्थान हासिल गर्न सफल भएकी थिइन् भने चौंथो देखि दशौँ स्थान प्राप्त गर्ने छात्रातर्फ क्रमशः अनुसिया तण्डुकार, आइस्मा आचार्य, अस्मिता थापा, आयुशा राई, भावना नाथ, मनिता लामा र मीना घर्ती मगर थिए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र दशौँ स्थानसम्म प्रप्त गर्ने छात्र÷छात्राहरुलाई पुरस्कार स्वरुप मेडल, ट्रफी र प्रमाण पत्रका साथ नगद क्रमशः २५ हजार, २० हजार, १५ हजार र ५ हजार प्रदान गएिको थियो ।
रोड रेसको उद्घाटन प्रमुख अतिथि नेपाली खेलकुद इतिहासकै विशिष्ट व्यक्तित्व वैकुण्ठ मानन्धरले रिवन काटेर गरेका थिए । उक्त दौड प्रतियोगितामा करिब २४६ जना छात्र÷छात्रा खेलाडीहरुले विभिन्न विद्यालय तथा संथाहरुको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।