काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग २०२३ को दोस्रो चरण सकिएको छ र शुक्रबारबाटै तेस्रो चरणका खेल सुरु हुनेछन् ।
दोस्रो चरणको खेल सकिदा १४ खेलमा कुल ३३ गोल भएको छ । पहिलो चरणमा १५ गोल भएकोमा दोस्रो चरणमा १८ गोल भयो ।
दोस्रो चरणको सात खेलमध्ये ७ वटै खेलमा गोल भएको छ । दोस्रो चरणमा थ्री स्टार र फ्रेन्ड्स क्लबबीचको खेलमा सर्वाधिक ६ गोल भयो ।
दोस्रो चरणसम्म दुई गोल गर्नेमा चर्च ब्वाइजका आशिष चौलागाई, खुमलटारका मेसुके ओलुमोउ, जावलाखेलका सिमान्त थापा र सातदोबाटोका दिपक राज सिंह ठकुरी रहेका छन् ।
यस्तै एक गोल गर्ने खेलाडीमा चर्च ब्वाइजका आशिष चौधरी, फ्रान्कलिन क्वेटेला, एरिक बिष्ट, आर्मीका दीपक गुरुङ, नवयुग श्रेष्ठ, फ्रेन्ड्सका कौशल फुयाल, एख्रोबेब उक्तमोभ, थ्री स्टारका योगेश गुरुङ, प्रदिप लम्साल, मार्टिन अजयी छन् ।
त्यस्तै सातदोबाटोका विलियम एसिडेउ, मनाङका सेदजामोल दाभ्लातजोनोभ, रोशन राना मगर, पुलिसका रबि पासवान, एपीएफका मणि कुमार लामा, अर्मान्ड बेडोम, हिमालयन शेर्पाका सुरेश कुमाल, अमृत श्रेष्ठ, एनआरटीका निकोलस सङ, सन्जिब विष्ट, जावलाखेलका हिसुब थपलिया, एनकोटो मोसाबी, फोडे फोफाना र मछिन्द्रका देवेन्द्र तामाङ रहेका छन् ।
थ्री स्टारका अनिल महर्जनले एक आत्मघाती गोल गरेका छन् ।
दोस्रो चरणको खेल सकिदा चर्च ब्वाइज युनाईटेड ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
यस्तै जवालाखेल युथ क्लब ६ अंक जोडेर दोस्रो र सातदोबाटो युथ क्लब ६ अंक जोडेर तेस्रो स्थानमा छन् ।
त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा समान ४ अंक जोडेर क्रमश छैटौं स्थानमा रहेका छन् ।
तीन अंक जोडेको एपीएफ क्लब र एफसी खुमलटार सातौं र आठौं स्थानमा रहेको छ ।
फ्रेन्ड्स क्लब, संकटा क्लब, थ्री स्टार क्लब एक अंक जोडेर नवौं, दशौँ र ११ औं स्थानमा रहेको छ ।
दोस्रो चरण सकिदा एनआरटी, नेपाल पुलिस र मछिन्द्र फुटबल क्लब अंक विहीन रहेको छ ।