काठमाडौं । नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा सातदोबाटोमा मंगलबार अर्को नव प्रवेशी क्लब एफसी खुमलटारलाई ३-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले लगातार दोस्रो जित निकालेको हो ।
चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गरे । एरिक विष्टले एक गोल थपे ।
खुमलटारका मेसुके ओलुमोउले एक गोल फर्काए ।
जितसँगै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
चर्च ब्वाइजले २ खेलमा ६ अंक जोडेको छ ।
पहिलो खेलमा चर्चले पुलिस क्लबलाई हराएको थियो ।
खुमलटारको यो पहिलो हार हो । खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थियो ।
खुमलटारले २ खेलमा ३ अंक जोडेको छ ।
अर्को खेलमा थ्री स्टार र फ्रेन्ड्स क्लबले ३-३ गोलको बराबरी खेलेका छन् ।