काठमाडौ । नेपालका पवन घिमिरे विश्व नेत्रहीन क्रिकेट परिषदको कोषाध्यक्षमा चयन भएका छन् । काठमाडौंमा भएको परिषद्को २१ औ साधारण सभाले घिमिरेलाई कोपाध्यक्षमा निर्वाचित गरेको छ । परिषद्को नयाँ नेतृत्वमा भारतका माहन्तेश जी के चयन भएका छन् ।
त्यस्तै प्रथम उपाध्यक्षमा पाकिस्तानका सयद सलमान बुखारी, दृतिय उपाध्यषमा श्रीलंकाका चामिन्डा पुष्पकुमारा, महासचिवमा अष्ट्रेलियाका रेमन्ड मोक्स्ली निर्वाचित भएका छन् ।
प्राविधिक निर्देशकका पाकिस्तानका महर युसफ हरुन र विकास निर्देशकमा साउथ अफ्रिकाका अर्मान्ड बम चयन भएका छन् ।
साधारण सभामा नेपाल, भारत, पाकिस्तान, अष्ट्रेलिया, साउथ अफ्रिका, इग्ल्यान्ड, बंगलादेश, श्रीलंकाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
नेपाल नेत्रहीन क्रिकेट संघले विगत १२ बर्षबाट नेत्रहीन क्रिकेट तथा अपांगता खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ । संघ २००७ बाट विश्व नेत्रहीन क्रिकेट लिमिटेडको पुर्णकालिन सदसयको हैसियतमा काम गर्दै आएको छ ।
साधारण सभाले अब नेत्रहीन महिला क्रिकेटलाई समेत आधिकारिकता प्रदान गर्ने निर्णय गरेको छ ।