काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग २०२३ को पहिलो चरण सकिएको छ र एक दिनको अन्तरपछि दोस्रो चरणका खेल सुरु हुनेछन् ।
पहिलो चरणका सात खेलमा कुल १५ गोल भए । सात खेलमध्ये ६ खेलमा गोल भएको छ । त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको खेल मात्र गोलरहित रह्यो ।
यी दुई टिम बाहेक थ्री स्टार र फ्रेन्ड्सले गोलको खाता खोल्न सकेको छैन् । यी १५ गोलमध्ये ६ गोल पहिलो हाफमा भएका छन् भने दोस्रो हाफमा ९ गोल भएका छन् ।
पहिलो चरणमा दुई गोल गर्ने खेलाडीमा सातदोबाटोका दीपक राज सिंह ठकुरी रहेका छन् । गोल गर्ने अन्य खेलाडीमा खुमलटारका मेसुके ओलुमोउ, चर्च ब्वाइजका आशिष चौधरी, फ्रान्कलिन क्वेटेला, पुलिसका रबि पासवान, एपीएफका मणि कुमार लामा, अर्मान्ड बेडोम, मनाङका रोशन राना मगर, हिमालयन शेर्पाका सुरेश कुमाल,एनआरटीका निकोलस सङ, जावलाखेलका हिसुब थपलिया, एनकोटो मोसाबी, सिमान्त थापा र मछिन्द्रका देवेन्द्र तामाङ रहेका छन् ।
अहिलेसम्म सात खेलमा १६ पहेँलो कार्ड र देखाइएका छन् । त्यसमध्ये थ्री स्टार र एपीएफ, आर्मी र संकटा तथा सातदोबाटो र एनआरटीबीचको खेलमा कुनै कार्ड देखाइन् ।
पहिलो चरणको खेल संकिदा जवालाखेल युथ क्लब ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एपीएफ क्लब, सातदोबाटो,चर्च ब्वाइज र खुमलटार ३ अंक जोडेर क्रमशः दोस्रो देखि पाँचौं स्थानमा रहेका छन् ।
पहिलो चरण सकिदा साविक विजेता मछिन्द्र अंक विहीन रहदै पुछारमा रहेको छ । अंक जोड्न नसक्ने अन्य क्लबमा थ्री स्टार, एनआरटी, पुलिस र फ्रेन्ड्स रहेका छन् ।
पहिलो चरणमा केहि अप्रत्यासित नतिजा निस्कियो । लगातार दुई पटकको च्याम्पियन मछिन्द्रलाई जावलाखेलले पुनरागमन गर्दै ३-१ ले हरायो । थ्री स्टारमाथि एपीएफ क्लबले २-० को जित निकाल्यो ।
शीर्ष डिभिजनको डेब्यु टोली एफसी खुमलटार र चर्च ब्वाइज युनाईटेडले पहिलो खेलमै जित निकाल्यो ।