काठमाडौं । मनाङ मर्स्याङदी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले खेलाडीको प्रर्दशनबाट आफु सन्तुष्ट रहेको बताएका छन् ।
शनिबार लिगको पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ को बराबरी खेलेपछि प्रशिक्षक श्रेष्ठले खेलाडीको प्रर्दशनमा सन्तुष्टि ब्यक्त गरे ।
‘सुरुवात राम्रै भएको हो । विल्डअप भैरहेको थियो । पहिलो हाफमा दबाब पनि थिएन । उनीहरुमा विदेशी खेलाडीको प्रभाव मात्र देखिएको हो । नत्र खेलमा हामीलेनै दबाब बनाएका थियौं । खेलमा अग्रता लिईरहेका थियौं । प्रर्दशनबाट सन्तुष्टनै छौंं । लिगमा २५ खेल बाँकी छ । प्रर्दशनलाई सुधार गर्ने र गल्तीबाट सच्चिने हो । अर्को खेलमा सुधार हुन्छ ।’ उनले भने ।
‘सुरुवात राम्रो भएको हो । विल्डअपमा भईरहेको थियो । पहिलो हाफमा प्रेसर पनि थिएन । खेलमा हाबी पनि भएका थियौं ।’ उनले भने, ‘तर एयर बलमा चुनौती भयो । अर्को खेलमा सुधार गरेर आउँछौं ।’
हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले जित्ने लक्ष्यका साथ मैदान उत्रिएपनि बराबरीमा चित्त बुझाउनु परेको बताए । उनले खेलाडी सोचे जस्तो चल्न नसक्दा जित निकाल्न गाह्रो भएको बताए ।
लिगको पहिलो खेलमा मनाङ र शेर्पा आमने सामने भएका थिए । दुवै टिमले बराबरी खेल्दै अंक बाँडेका छन् ।