काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा शुक्रबार र शनिबार दुई दिन स्पोर्ट लिडर्स समिट हुने भएको छ ।
धुलिखेलमा हुने कार्यक्रमका क्रममा नेपाली खेलकुदको नेतृत्वमा रहेकालाई विभिन्न विषयमा प्राविधिक जानकारी प्रदान गरिनेछ ।
कार्यक्रममा खेलकुद ऐन, खेलकुदको प्राथमिकता, खेल भौतिक पूर्वाधार, खेल प्रदर्शन र मनोविज्ञान, खेल सुरक्षा, ओलम्पिक अभियान, एन्टी डोपिङ र लैगिक समानताबारे चर्चा हुनेछ । यी विषयमा अन्र्तराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधी र नेपाली खेलकुदसंग आवद्धले आफ्नो प्रस्तुती दिनेछन् ।
कमिटीले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागेको पहिलो पल्ट हो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटीसँग आवद्ध संघका प्रतिनिधि तथा खेल पत्रकार सहभागिता हुनेछन् ।
नेपाली खेलकुदको विभिन्न क्षेत्रका सय भन्दा बढीको सहभागिता रहनेछ । कार्यक्रमको उद्घाटन सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।