काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार पत्रकार सम्मेलन गर्दै चार विधामा मनोनयन पर्ने खेलाडीको नाम सार्वजनिक गरेको हो ।
मञ्चले वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, फुटबलका अन्जन विष्ट, किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन् ।
यस्तै महिलातर्फ भलिबलकी अरुणा शाही, क्रिकेटकी सिता राना मगर, रुबिना क्षेत्री, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेकी छन् ।
वर्षका युवा खेलाडीतर्फ फुटबलका मनिष डाँगी, प्रिती राई, बक्सिङका छिरिङ वान्ग्दी शेर्पा, ब्याडमिन्टनकी रशिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा छन् ।
वर्ष प्रशिक्षक अवार्डको मनोनयनमा फुटबलका अब्दुल्लाह अल्मुताईरी, क्रिकेटका डेभ वाट्मोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट परेका छन् ।
मञ्चका सचिव अन्जन खड्काको संयोजकत्वमा गठित छनोट समितिले मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षकको छनोट गरेको हो ।
२०७८ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी र प्रशिक्षकले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको छनोट समितिका संयोजक खड्काले बताए ।
कस्तो छ त मनोनयनमा पर्नेको प्रदर्शन ?
वर्षका सर्वश्रेष्ठ पुरुष खेलाडी मनोनयन :-
१. कुशल भुर्तेल (क्रिकेट)
– वर्ष २०७८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको दोश्रो सर्वाधिक रनकर्ता । २८ खेलमा एक शतक र सात अर्धशतकसहित ८१६ रन
– टि२० अन्तर्राष्ट्रिय पदार्पणमा नै लगातार तीन अर्धशतकसहित विश्व कीर्तिमान । नेदरल्यान्ड्स र मलेसियासम्मिलित त्रिदेशीय शृङ्खलामा आफ्नो पदार्पणमा नै पाँच खेलमध्ये चारमा अर्धशतक । पदार्पण शृङ्खलामै प्लेयर अफ द सिरिज घोषित । साथै एकै टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सर्वाधिक रन (२७८) को कीर्तिमान
– आइसीसी प्लेअर अफ दि मन्थमा मनोनयन
– प्रधानमन्त्री कपमा सर्वश्रेष्ठ ब्याट्सम्यान
– टि२० विश्वकप ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध शतक र ओमानविरुद्ध अर्धशतक । पाँच खेलमा १०२.५ को औसतले २०५ रन बनाउदै प्रतियोगिताकै तेस्रो सर्वाधिक र नेपालको सर्वाधिक रनकर्ता
– आईसीसी विश्वकप लिग–२ को पदार्पणमा अमेरिकाविरुद्ध ८४ रन तथा तीन क्याच लिएर प्लेयर अफ द म्याच घोषित ।
२. दिपेन्द्र सिंह ऐरी (क्रिकेट)
– वर्ष २०७८ मा नेपालले खेलेको अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनकर्ता (१८ खेलमा ८३५ रन बनाउनुका साथै २० विकेट
– नेदरल्याण्ड र मलेसियाविरुद्धको टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा पाँच खेलमध्ये चार पालिमा ७३.५० को औसत र २१६.१७ कोस्ट्राइक रेटमा दुई पटक अविजित रहँदै १४७ रन
– पपुवा न्युगिनी र मलेसियाविरुद्ध त्रिदेशीय टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा मलेसिया विरुद्ध ११० रन । जुन टि२० मा नेपाली ब्याटसम्यानको व्यक्तिगत सर्वाधिक स्कोर हो
– पाँच खेलमा ८५ को औशसत र १७१.१४ को शानदार स्ट्राइक रेटमा २५५ रन । उक्त सिरिजको प्लेयर अफ द सिरिज । पपुवा न्युगिनी विरुद्ध जितमा प्लेयर अफ द म्याच घोषित हुँदा ३८ बलमा अविजित ५४ रन बनाउनुको साथै १८ रन खर्चेर ४ विकेट
– टि–२० विश्वकप छनोट युएई २०२२ मा नेपालको सर्वाधिक रनकर्ता । पाँच खेलमध्ये चार पालिमा ५३ को औसतमा १५९ रन तथा ३ विकेट
– पपुवा न्युगिनी वरुद्ध घरेलु एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा १०५ रनको शतकीय पालि ।
३. अञ्जन विष्ट (फुटबल)
– विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेइविरुद्ध गोल
– १३ औँ साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशविरुद्ध गोल
– एनएसलमा सर्वश्रेष्ठ फरवार्ड ।
४. किरण चेम्जोङ (फुटबल)
– साफ च्याम्पियन्सीप फाइनल पुर्याउने कप्तान
– आइलिग च्याम्पियन बनाउने खेलाडी
– आइलिगमा सर्वश्रेष्ठ गोलरक्षक
– एनएसलमा धनगढी उपविजेता हुँदाको कप्तान
– अफ्रिकी राष्ट्र मोरिससविरुद्धको अन्तर्राष्ट्रिय मैत्री खेलमा पेनाल्टी सेभ ।
५. प्रिन्स दाहाल (ब्याड्मिन्टन)
– विश्व ब्याड्मिन्टन महासंघले प्रकासित सूचीमा विश्वका नम्बर एक जुनियर ब्याड्मिन्टन खेलाडी बन्न सफल ।
– लिनिङ ११ औँ पुष्पलाल स्मृति र्याकिंग राष्ट्रिय ब्याट्सम्यान प्रतिया्गिता २०७८ मा स्वर्ण
– योनेक्स सनराइज चौथो जेस्ट राष्ट्रिय ब्याड्मिन्टन च्याम्पियन्सीप २०७८ स्वर्ण
– दोस्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय र्याङकिङ ब्याड्मिन्टन प्रतियोगिता स्वर्ण
– प्रथम भक्तपुर राष्ट्रव्यापी ब्याड्मिन्टन च्याम्पियन्सीप २०७८ रजत पदक
– रिभाइभ राष्ट्रिय ब्याड्मिन्टन च्याम्पियन्सीप रजत
– एसियन ओलम्पिक परियोजनामा छात्रवृत्ति ।
वर्षका सर्वश्रेष्ठ महिला खेलाडी मनोनयन :-
१. सीता राना मगर
– वर्ष २०७८ मा नेपालको सर्वाधिक रनकर्ता तथा दोश्रो सर्वाधिक विकेटकर्ता । सात खेलमा २२१ रन तथा ८ विकेट
– कतार भ्रमणअन्तर्गत टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोश्रो खेलमा अविजित ८२ रन । जुन नेपाली महिला क्रिकेटको टि–ट्वान्टी अन्तर्राष्ट्रियमा हालसम्मकै सर्वाधिक व्यक्तिगत स्कोर
– आईसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको सर्वाधिक रन र विकेटकर्ता
पाँच खेलमा १०० रन तथा छ विकेट । प्रतियोगिताको दुई खेलमा प्लेयर अफ द म्याच ।
– आफ्नो कप्तानीमा एपीएफलाई प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगिता, ललितपुर मेयर महिला च्याम्पियनसिप जिताउन सफल । प्रधानमन्त्री कपको फाइनलमा प्लेयर अफ द म्याच
२. रुबिना क्षेत्री
– वर्ष २०७८ मा नेपालको सर्वाधिक विकेटकर्ता । आठ खेलमा नौ विकेट तथा ९६ रन
– आफ्नो कप्तानीमा कतारविरुद्ध ऐतिहासिक पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिज जित । सिरिज ३–० ले क्लिन स्विप गर्दा प्लेयर अफ द सिरिज घोषित
– आफ्नो कप्तानीमा प्रदेश–१ लाई प्रधानमन्त्री कप टि–२० को फाइनल पुर्याउन सफल । सो प्रतियोगितामा प्लेयर अफ द सिरिज घोषित ।
३. अरुणा शाही (भलिबल)
– नेपालले बङ्गलादेशको ढाका मिरपुरमा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन्सीपको उपाधि रक्षा नेपालले गर्दाका कप्तान । नेपाल समूह चरणका पाँच खेल र फाइनलमा उज्बेकिस्तानलाई हराएर अपराजित यात्रासहित च्याम्पियन बनेको
– प्रतियोगिताको बेस्ट सेटर
– छैटौँ एनभीए कपमा बेस्ट सेटर
४. पुनम रावल (बक्सिङ)
- थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा ६० केजी तौलसमूहमा कांस्य पदक
- सन् २०१० मा दीपक महर्जनले जितेको कांस्य पदकपछि नेपाल बक्सरले दिलाएको पहिलो पदक । त्यसबेला सो प्रतियोगिता किङ्स कपका नाममा हुने गर्दथ्यो ।
५. पुष्पा भण्डारी (एथलेटिक्स)
– दोस्रो बङगबन्धु शेख मुजीब ढाका म्याराथन २०२२ मा उपाधि रक्षा अभियानमा काश्य पदक
– केटिएम सिटी टेनके रन २०२२ स्वर्ण
– दशौँ धरान रन टेनके रन २०२०० स्वर्ण
– किसुनजी मेमेमारियल ओपन महिला तथा पुरुष राष्ट्रिय हाफ म्याराथन स्वर्ण ।
– धारा नेपालगञ्ज म्याराथन २०७८ रजत पदक
– प्रोटिन हाफ म्याराथन २०७८ रजत
– तेस्रो गणेशमान सिंह टेनके रन रजत
वर्षका सर्वश्रेष्ठ युवा खेलाडी मनोनयन :-
१. मनिष डाँगी (फुटबल)
– अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एसियाकै हेभिवेट फुटबल राष्ट्र इराकविरुद्ध दर्शनीय गोल
– साफ फुटबल च्याम्पियन्सीपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल
– मछिन्द्र क्लबलाई लिग च्याम्पियन बनाउन योगदान ।
२. प्रिति राई (फुटबल)
– अन्तर्राष्ट्रिय फुटबलको पदार्पणमा नै बङ्गलादेशविरुद्ध गोल
– साफ महिला फुटबल च्याम्पियन्सीपको सेमिफाइनलमा दावेदार भारतलाई हराउन महत्वपूर्ण योगदान । रश्मिकुमारी घिसिङले गरेके निर्णायक गोलमा प्रितिको उत्कृष्ट एसिस्ट
– भारतविरुद्धको सो खेलमा प्लेअर अफ दि म्याच ।
३. छिरिङ वाङ्दी शेर्पा (बक्सिङ)
– युएइको दुबइमा भएको एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियन्सीपमा काश्य पदक । सो उपलब्धि हासिल गर्ने क्रममा कुवेतका बक्सरलाई सजिलै ५–०ले हराएको ।
४. रसिला महर्जन
– रिभाइभ राष्ट्रिय ब्याड्मिन्टन च्याम्पियन्सीप स्वर्ण
– प्रथम बाह्रबिसे खुल्ला राष्ट्रिय ब्याड्मिन्टन च्याम्पियन्सीप स्वर्ण
– प्रथम भक्तपुर राष्ट्रव्यापी ब्याड्मिन्टन च्याम्पियन्सीप २०७८ स्वर्णं
– योनेक्स सनराइज चौथो जेस्ट राष्ट्रिय ब्याड्मिन्टन च्याम्पियन्सीप २०७८ स्वर्ण
– दोस्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय र्याङकिङ ब्याड्मिन्टन प्रतियोगिता स्वर्ण
– लिनिङ ११ औँ पुष्पलाल स्मृति र्याकिंग राष्ट्रिय ब्याट्सम्यान प्रतिया्गिता २०७८ मा रजत ।
५. उषा भण्डारी (भलिबल)
– नेपालले दोस्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि जित्दाकी महत्वपूर्ण सदस्य
– एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित ।
–माल्दिभ्समा सम्पन्न युथ च्याम्पियनसिप प्रतियोगितामा फेल्कन क्लबलाई उपाधी दिलाउन सफल। प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा वेष्ट ६ प्लेयरमा पर्न सफल ।
वर्षका सर्वश्रेष्ठ प्रशिक्षकको मनोनयन :-
१. अब्दुल्ला अल्मुताइरी (फुटबल)
– नेपाललाई पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरण, एसिया कपमा छनोटसम्म पुर्याउने प्रशिक्षक
– माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियन्सीपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाउन योगदान दिने प्रशिक्षक
– दुई खेलको अन्तर्राष्ट्रिय मैत्री शृङ्खलामा नेपाल अल्मुाइरीको प्रशिक्षकत्वमा अफ्रिकी देश मोरिससलाई दुवै खेलमा पराजित गर्न सफल । नेपाल पहिलो पटक अफ्रिकी राष्ट्रसँग अन्तर्राष्ट्रिय फुटबलमै शृङ्खला जित्न सफल ।
२. डेभ ह्वाटमोर (क्रिकेट)
– नेदरल्याण्ड र मलेसियाविरुद्धको घरेलु टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालको ऐतिहासिक जित । नेदरल्याण्डविरुद्ध नेपालले बनाएको २३८ रन हालसम्मकै नेपालको उच्च टि–२० अन्तर्राष्ट्रियमा टिम योगफल । सिरिजमा पहिले ब्याटिंग गरेको तिनवटै खेलमा नेपाल २ सय माथिको योगफल बनाउन सफल। नेदरल्याण्डविरुद्ध नेपालले १४२ रनको जित हालसम्मकै उच्च रनअन्तरको जित।
– पपुवा न्यु गिनी विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित।
– विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासंगको सिरिजमा घरेलु टोलि ओमानविरुद्ध नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा ऐतिहासिक पहिलो जित ।
३. कविराज नेगी (पारा तेक्वान्दो)
– नेगीको प्रशिक्षकत्वमा पलेसा गोवद्र्धनले बहराइनको मनामामा भएको एसियन युथ पारा गेम्समा स्वर्ण पदक
– एसियन युथ गेम्समा नेगीकै प्रशिक्षकत्वमा सिर्जना घिसिङलाई रजत र विशाल गर्बुजाबाट काश्य पदक पनि नेपाल प्राप्त
– इरानको तेहरानमा भएको डब्ल्यूटि प्रेसिडेन्ट कप एसिया रिजनमा के ४४ क्याटगरीमा सिर्जना घिसिङले इरान र टर्कीका खेलाडीलाई हराएर रजत पदक जित्दाका प्रशिक्षक
– डब्ल्यूटि प्रेसिडेन्ट कप एसिया रिजन प्रशिक्षक नेगीको टिम नेपालले फेयर प्ले अवार्ड जित्न सफल
– टोकियो पारालम्पिकमा नेगीको प्रशिक्षकवमा पलेसा दुई खेल (अमेरिका र सर्वियाका खेलाडीलाई हराएको) जितेर इतिहास कायम गर्न सफल यसअघि पारालम्पिकमा नेपालले एक खेल पनि जितेको थिएन
४. दीपक महर्जन (बक्सिङ)
– युएइको दुबइमा भएको एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियन्सीपमा नेपाललाई तीन काश्य पदक दिलाउने प्रशिक्षक
– महर्जनको प्रशिक्षकत्वमा छिरिङ वाङ्दी शेर्पा, स्वस्तिका तिरुवा र नारिका राई काश्य पदक जित्न सफल ।
५. जगदीश भट्ट (भलिबल)
– नेपालले बङ्गलादेशको ढाका मिरपुरमा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन्सीपको उपाधि रक्षा नेपालले गर्दाका प्रशिक्षक । नेपाल समूह चरणका पाँच खेल र फाइनलमा उज्बेकिस्तानलाई हराएर अपराजित यात्रासहित च्याम्पियन बनेको ।