शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

ग्रान्डस्लाम सपना बोकेकी अभिलाशा

मंगलबार, ०९ फाल्गुण २०७९खेलपाटी संवाददाता
ग्रान्डस्लाम सपना बोकेकी अभिलाशा
Loading ad...
mustang rice ad

काठमाडौं । जस्तै टेनिस खेलाडीले पनि कुनै न कुनै बेला ग्रान्डस्लाम खेलेको सपना त देख्दो हो । नेपाली वुमेन्स टेनिसकी नम्बर १ खेलाडी अभिलाशा विष्ट पनि अपवाद होइनन्, यस्तै सपना देख्निछन् । उनलाई मात्र होइन्, सबैलाई थाहा छ, यो ठूलै सपना पनि हो । फरक के भने भर्खर १९ वर्ष पुगेकी अभिलाशा यसका लागि आजभोलि कठिन मिहिनेत पनि गरिरहेकी छिन् । आजभोलि उनको दिनचर्या पनि यस्तै छ, खालि टेनिस र टेनिस मात्रै ।

विहानै टेनिस, बेलुकै टेनिस, साँझ पनि टेनिस । यति नगर्ने हो भने ग्रान्डस्लाम खेल्ने सपना कहाँ पूरा हुन्छ र अभिलाभा भाग्यमानी पनि छिन्, किनभने उनलाई यो सपनामा साथ दिने परिवार छ । सानेपामा हुर्किबढेकी अभिलाशा र उनको परिवार अचेल थैवमा बस्छन् । उनी र उनका दाई अभिषेक सानैदेखि खेल माहोलमा हुर्के बढे । सेन्ट जेभियर्समा कुनै न कुनै खेल भइरहन्थ्यो । फुच्ची अभिलाशा टेनिसमा आकर्षित भइहालिन ।

उनले खेल्न थालेको पनि हेर्दा हेर्दै १२ वर्ष भइसकेको छ । सफ्टवेयर इन्जिनियरिङको अध्ययन गरिरहेकी अभिलाशाले यसबीच टेनिसको कोर्टमा तय गरेको यात्रा आफैमा निकै लोभलाग्दो छ नै यसमा गर्व पनि उक्तिकै गर्न सकिन्छ । आत्रामक हुँदै बेसलाइनबाट खेल्न रूचाउने अभिलाशा खासमा अलराउन्डर शैलीकी खेलाडी हुन् । नेपाली टेनिसमा उनीसँग जोडिएर धेरै थोक पहिलो पल्ट भएको छ । त्यसैले पनि उनी विशेष छिन् ।

जस्तो, उनी व्यवसायिक टेनिस खेलिरहेकी नेपालकै एक मात्र महिलो खेलाडी हुन् । भर्खर जस्तै हो, उनी प्रो भएकी । अहिलेसम्म वरियता भने प्राप्त गरेकी छैनन् । तर जुनियर छँदा उनी विश्व वरीयताको ४ सय २८ औं स्थानसम्म पुगेकी थिइन् । यति धेरै उचाईमा पुग्ने पनि उनी एक्ली हुन् । पोखरामा भएको पछिल्लो राष्ट्रिय खेलकुदमा पनि उनले चार स्वर्ण जितेकी थिइन, आफू सहभागी भएको सबै स्पर्धामा । त्यो भनेको वुमेन्स सिंगल्स, डबल्स, मिक्स डबल्स र टिम स्पर्धा ।

यस्तो उपलब्धी चुम्ने पनि उनी नै टेनिसकी पहिलो खेलाडी हुन् । कुराकानीका क्रममा निकै मिजासिला अभिलाशाको खेलको सबैभन्दा ठूलो विशेषता हो, अनुशासन । अहिलेसम्म व्यवसायिक खेलाडी भएयता तीन प्रमुख प्रतियोगितामा भाग लिइसकेकी छिन् र ती हुन्, १५ के डलरका दुई प्रतियोगिता र २५ के डलरको एक प्रतियोगिता । क्ले कोर्टमा खेल्न बढी रूचाउने अभिलाशा यस्तै प्रतियोगिता खेल्दा खेल्दै अंक बटुल्दै शीखरसम्म पुग्न चाहन्छिन् ।

यिनै अभिलाशालाई नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७८ को पिपुल्स च्वाइस अवार्डका लागि मनोयन गरेको छ । उनीसँगै पाँच खेलाडी छन्, फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, भलिबलकी उषा भण्डारी र पौडीकी डुवान लामा रहेका छन् । यो विधामा मनोनयमा पर्ने उनी टेनिसकै पहिलो खेलाडी पनि हुन् । उनी भन्छिन्, ‘सबैभन्दा यसबारे समाचार सुन्दा म निकै खुसी भएँ, अलि कति स्तब्ध पनि ।’

कारण रु अभिलाशाले यत्तिको अपेक्षा पनि गरेकी थिइनन् । उनलाई के लाग्छ भने टेनिसबारे नेपाली खेलकुदमा कमै चर्चा हुन्छ, त्यसैले यस खेलका खेलाडीबारे पनि कर्म मात्र चर्चा हुन्छ । त्यसैले अभिलाशालाई अहिले गर्व पनि लाग्छ । तर यसको अर्थ यो होइन कि नेपाली टेनिसमा कसैले राम्रो गर्छ भने त्यो त्यत्तिकै ओझेलमा परोस । नेपाली खेलकुदले यिनै अभिलाशाबाट धेरै अपेक्षा राख्न सकिन्छ । अनि यस्तै उदयमान खेलाडी त हो, आफूले सक्दो मतदान गरेर जिताउने ।

Loading ad...
LiNing Ad
ग्रान्डस्लाम सपना बोकेकी अभिलाशा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना