मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

सन्तोषीले इथोपियामा प्रशिक्षण गर्ने

आइतबार, ०७ फाल्गुण २०७९खेलपाटी संवाददाता
सन्तोषीले इथोपियामा प्रशिक्षण गर्ने
mustang rice ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धाविका सन्तोषी श्रेष्ठले अफ्रिकी राष्ट्र इथोपियामा प्रशिक्षण गर्ने भएकी छिन् ।

सन्तोषीले इथोपियाको राजधानी एडिस अबाबामा प्रशिक्षण गर्ने भएकी हुन् । ३५ दिनको प्रशिक्षणका लागि सन्तोषी आज आइतबार राति त्यसतर्फ प्रस्थान गर्ने छिन् ।

इथोपिया जान लागेकी सन्तोषीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, नेपाल ओलम्पिक कमिटि (एनओसी) को महासचिव तथा एनआरएस स्पोर्ट्स फाउन्डेसनका फाउन्डर निलेन्द्र राज श्रेष्ठ, प्रशिक्षक रघु वन्तले बिदाइ गरे ।

ग्लोबल स्पोर्ट्स कम्यूनिकेशनको छात्रवृत्ति, एनआरएनए स्पोर्ट्स फाउन्डेसनको पहलमा सन्तोषीले इथोपियामा प्रशिक्षणको अवसर पाएकी हुन् । सन्तोषीलाई इयर्ली ट्रस्टको आर्थिक सहयोग रहनेछ । ग्लोबल स्पोर्ट्स एथलेटिक्स खेलाडीको म्यानेजमेन्ट हेर्दै आएको संस्था हो ।

होटल अमादुमा बसेर सन्तोषीले विश्व च्यापियन तथा ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीलाई प्रशिक्षण दिईसकेका मुख्य प्रशिक्षक टेसेमा अब्सहिरोसँग प्रशिक्षण लिनेछन् । अब्सहिरोको प्रशिक्षण टोलीमा प्रशिक्षकद्वय टेस्हे गेमेचु र यालेमजेर्फ येहुअलाव रहेका छन् । प्रशिक्षक दौरान सन्तोषीलाई फिजियोथेरापिष्ट टिमेन हर्टोगले सहयोग गर्ने छन् ।

सन्तोषी मार्च २२ मा इथोपियाबाट नेदरल्यान्ड्स जाने छिन् । नेदरल्यान्ड्समा सन्तोषीको मेडिकल परिक्षण र प्रशिक्षण हुनेछ । त्यस्तै नेदरल्याण्डमा हेनलोप हाफ म्याराथनमा सहभागिता जनाउने छिन् ।  सन्तोषी लामो समयबाट खुट्टाको चोटबाट ग्रसित छिन् । नेदरल्यान्ड्समा त्यसैको परिक्षण हुनेछ ।

नेदरल्यान्ड्सपछि सन्तोषी बेलायतको लण्डन जाने प्रशिक्षक वन्तले जानकारी दिए । लण्डनमा सन्तोषीले प्रशिक्षण र केहि प्रतियोगितामा सहभागिता जनाउने छिन् ।

बिदाइमा बोल्दै सन्तोषीले आफु भाग्यले ग्लोबल स्पोर्ट्ससँग आबद्द भएको बताईन् । इथोपियाको प्रशिक्षणले चीनमा आयोजना हुने एसियन गेम्समा आफ्नो प्रदर्शनमा सुधार हुनेमा सन्तोषीले विश्वास लिएकी छिन् ।

'पढाईले गर्दा एक महिना अगाडी जान पाइन । पढाई सकिएपछि जान लागेकी हुँ । भाग्यले म यसमा आबद्द भए । मेरोलागि यो सुनौलो अवसर हो,' १३ औं सागको एथलेटिक्सतर्फ महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी सन्तोषीले भनिन्, 'यस प्रशिक्षणले एसियन गेम्समा राम्रो गर्नेछु ।'

राखेप सदस्य सचिव घिसिङले सन्तोषीको प्रशिक्षणमा राखेपले आवश्यक सहयोग गर्ने बताए ।

यस्तै सन्तोषीलाई नेपाल भेटनरी एसोसिएसनले ५० हजार नगद आर्थिक सहयोग गरेको छ ।

LiNing Ad
सन्तोषीले इथोपियामा प्रशिक्षण गर्ने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Bajaj Pulsar Motorcycle Ad
फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै