काठमाडौं । नेपाल फुटभली संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा दोस्रो गजराज जोशी कप राष्ट्रिय फुटभली प्रतियोगिता सुरु भएको छ ।
काठमाडौं , दोलखा, कास्की ,सिन्धुपाल्चोक सहित २४ टिमको सहभागीता रहेको प्रतियोगितामा शनिबार पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । दोस्रो चरणका खेलहरु आइतबार हुनेछ ।
पहिलो दिनबाट टुख्या स्पोर्ट्स एकेडेमी, ह्याप्पी टिम टोखा, रेड स्टार क्लब, भकुण्डो डट कम, गजराजा जोशी टष्ट , सरस्वती नगर स्पोर्ट्स क्लब ए र बि, नेपाःक्लब, अमर ब्रर्दश क्लब, श्री भगवती क्लबले दोस्रो चरणमा स्थान बनाएका छन्।
यस प्रतियोगिताबाट आगामी फेब्रुअरी २३ देखी २७ मा भारतको केरलाचिवमा हुने २५ विश्व फुटभली च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको छनौट समेत गरिने आयोजक समितिका उपाध्यक्ष राजु विक्रम थापाले बताए ।
टोखा नगरप्रमुख हरीकृष्ण अधिकारीले एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरे । एन्फा कार्यसमितिका सदस्य एवम् गजराज जोशी टष्टका अध्यक्ष समेत रहेका मनिष जोशीको सभापतित्वमा उद्घाटन समारोह भएको थियो ।