पोखरा । दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय खुल्ला आर्चरी प्रतियोगिता पुरुष रिकर्भमा बाग्लुङका दुर्गा घर्ति मगरले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालाकोआर्चरी खेल मैदानमा शनिबार बाग्लुङकै खड्का बहादुर घर्ति मगरलाई ६-० ले हराएर दुर्गाले स्वर्ण जितेका हुन् । खड्काले रजत पदक जित्दा कास्कीका सुमन गुरुङले कास्य पदक जिते ।
महिला रिकर्भमा कास्कीका केशरी माया आलेले स्वर्ण जिते । केशरीले कास्कीका अनुष्का शेरचनलाई७-३ ले पराजित गरिन् । कास्कीका रोजिना थापाले कास्य पदक जितिन् ।
पुरुष स्टाण्डर्टतर्फ बाग्लुङका हिक्मत जक्तापुरीले स्वर्ण पदक जिते । उनले कास्कीका कुमार पुर्जालाई ६-२ ले पराजित गरे । बाग्लुङका मुकेश रोका मगरले कास्य पदक जिते ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला आर्चरी संघको सह-आयोजनामा भएको प्रतियोगिताको
रिकर्भ पुरुषतर्फको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् ।
रिकर्भ महिलातर्फको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार प्राप्त गरेका छन् ।
स्टाण्डर्ट पुरुषतर्फ विजेताले २० हजार, उपविजेताले १५ हजार र तेस्रोले १० हजार प्राप्त गरेका छन् ।