पोखरा । १७ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जितेका छन् ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखरामा भएको निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दे उनले उपाधि जिते ।
उपाधिसँगै उनले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । केन्याका धावक जुलियस ओहोमे दोस्रो भए । उनले २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गरेका थिए । म्याराथनमा नेपाल आर्मीका होमलाल श्रेष्ठ तेस्रो भए ।
महिलाको हाफ म्याराथनको उपाधि नेपाल पुलिसकी राजपुरा पछाईले जितिन् । उनले २१ किमी दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन् । उनले १ लाख ५० हजार प्राप्त गरिन् ।
एपिएफकी बृन्दा श्रेष्ठ दोस्रो भइन् । उनले १ घण्टा २६ मिनेट २८ सेकेण्डमा दूरी पार गरिन आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले तेस्रो भइन् । उनीहरुले एक लाख, ७५ हजार प्राप्त गरे ।