पोखरा । दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय खुल्ला आर्चरी प्रतियोगिता अन्तर्गत भेट्रान्सतर्फ जय प्रकाश छन्त्यालले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालाको आर्चरी खेल मैदानमा शुक्रबार भेट्रान्समै हिरामान लालचनले रजत र भिजेन्द्र मान पुनले कास्य पदक जिते ।
भेट्रान्स पुरुषतर्फ पहिलोले ८ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत महिला रिकर्भमा कास्कीका केशरी आले मगर ५८८ अंक जोडेर शीर्ष स्थानमा रहेकी छिन् । कास्कीकै बिष्णु लिम्बु ५८८ अंकसहित दोस्रो र कास्कीकै अनुशाका शेरचन ५७२ अंक जोडेर तेस्रो स्थानमा छिन् ।
पुरुष रिकर्भमा कास्कीका सुमन गुरुङ ५९५ अंक जोडेर शीर्ष स्थानमा रहदा कास्कीका अमिश शेरचन ५८८ अंक जोडेर दोस्रो र दुर्गा घर्ति मगर ५५७ अंक जोडेर तेस्रो स्थानमा रहेका छन् ।
पुरुष स्टाण्डर्टतर्फ बाग्लुङका हिक्मत पुरी ३३४ अंकसहित शीर्ष, कास्कीका रबिन थापा ३२७ अंक जोडेर दोस्रो र कास्कीका प्रदिप पुर्जा ३२७ अंक जोडेर तेस्रो स्थानमा रहेका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला आर्चरी संघको सह-आयोजनामा जारी प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडीहरुको सहभागिता रहने छ ।
प्रतियोगितारिकर्भ ओपन पुरुष- महिला र स्टाण्डर्ट पुरुषतर्फको व्यक्तिगतको खुल्लामा प्रतिस्पर्धा हुनेछ । रिकर्ब ओपन ७० मिटर र स्टाण्डर्ट ३० मिटरको दुरीमा खेलाइने छ ।
रिकर्भ ओपन पुरुषतर्फको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १५ हजार पाउने छन् ।
रिकर्भ ओपन महिलातर्फको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पाउने छन् ।
स्टाण्डर्ट पुरुषतर्फ विजेताले २० हजार, उपविजेताले १५ हजार र तेस्रोले १० हजार पाउने छन् ।