सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘एसियन गेम्स फर फन’ सम्पन्न

शुक्रबार, ०५ फाल्गुण २०७९खेलपाटी संवाददाता
‘एसियन गेम्स फर फन’ सम्पन्न
Loading ad...
mustang rice ad

काठमाडौ । हानचोउ एसियाली खेलकुदको प्रवद्र्धन तथा सफलताका कामना गर्दै शुक्रबार ‘एसियन गेम्स फर रन’ आयोजना सम्पन्न भएको छ ।

एसियाली खेलकुदको १९ औं संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुँदैछ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रम अन्तर्गत नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको फन रन पाटन दरवार स्क्वायरमा सम्पन्न भएको थियो ।

फन रन पाटन दरवार स्क्वारबाट सुरु भएर गा बहाल, पुल्चोक, कृष्ण गल्ली, पाटन ढोका, अशोक हल, भीमसेन मन्दिर हु“दै फेरि पाटन दरवार स्क्वारमै आएर टुंगिएको थियो । दौडमा कमिटीसँगै युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, एसियाली खेलकुदमा सहभागी हुने सम्बन्धित खेलका खेलाडी र प्रशिक्षकसँगै स्कुलका विद्यार्थी, पत्रकार र खेल प्रेमी गरेर पाँच सय भन्दा बढीको सहभागिता रहेको थियो ।

बिहान सात बजे सुरु भएको फन रनका क्रममा विभिन्न सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएको थियो । कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको सफलताको कामना गरे । यस्तै हानचोउ एसियाली खेलकुदका समारोह विभागका सहायक निर्देशक वाङ मिङख्वाले प्रतियोगिताका क्रममा सबैलाई हानचाउमा स्वागत गर्न आफुहरु आतुर रहेको बताए ।

कार्यक्रमको अन्त्यमा सहभागी सबै खेलका संघलाई पदक प्रदान गरिएको थियो । यस्तै सहभागी सबैलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो । त्यसै अवसरमा प्रतियोगिताबारे सही उत्तर दिन छ जना भाग्यमानी विजेतालाई मस्कट पनि प्रदान गरिएको थियो ।

प्रतियोगिता सन् २०२२ मै हुनु पर्ने थियो । तर कोभिड संक्रमणको महामारीबीच एक वर्ष पछाडि सारिएको थियो । हानचाउ एसियाली खेलकुद आयोजना कमिटीले अब निर्धारित समयमै प्रतियोगिता आयोजना हुने बताउदै आफ्नो तयारी अन्तिम चरणमा पुगेको बताएको छ । आयोजक कमिटीका अनुसार प्रतियोगिताका लागि ५६ आयोजना स्थल र ३१ प्रशिक्षण केन्द्र तयारी अवस्थामा छ ।

यस्तै पाँच एसियन भिलेज पनि तयार अवस्थामै छन् । प्रतियोगितामा कुल ४० खेलका ६१ विधामा ४ सय ८४ स्पर्धा हुनेछन् र तिनको खेल कार्यक्रम तय भइसकेको छ । प्रतियोतिगा सञ्चालनका लागि सबै प्राविधिक पदाधिकारीको नियुक्त भइसकेको छ । यस्तै प्रतियोगिता सञ्चालनका लागि चाहिने सबै कर्मचारीको पनि नियुक्त भइसकेका छन् । प्रतियोगिताका लागि ३८ हजार स्वंय सेवक पनि तयारी अवस्थामा छन् ।

Loading ad...
LiNing Ad
‘एसियन गेम्स फर फन’ सम्पन्न

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

नासरकों बजार दौडको उपाधि रुद्रदेवी र टुकराजलाई

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी