काठमाडौं । गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदका पदक विजेता एपीएफ क्लबका खेलाडीहरु नगदसहित सम्मानित भएका छन् ।
एपीएफले बुधबार नवौंका पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एपीएफ क्लबका खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरे।
गत असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म संचालन भएको नवौंमा एपीएफले ६५ स्वर्ण, ७२ रजत र ८२ काँस्य गरी कुल २ सय १९ पदक जितेको थियो । एपीएफ दोश्रो स्थानमा रहेको थियो ।
प्रतियोगितामा एपीएफबाट ३१ खेलमा ५ सय ४९ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लबका खेलाडीहरुले खेलाडीहरुको ज्ञान, सिप र क्षमताको संगठनले उच्च उल्यांकन गरेको बताउदै आगामी दिनम समेत खेलाडीहरुले उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
एपीएफले गत माघ ९ गते सशस्त्र प्रहरी दिवसको अवसर पारेर पहिलो पटक १६ जना खेलाडीहरुलाई एक तह बढुवा गर्दै दज्र्यानी चिन्ह प्रदान गरेको थियो ।