काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण यसै साताबाट सुरु हुने भएको छ ।
नेपाल भलिबल संघले महिला टिमको प्रशिक्षण फागुन ४ गतेबाट सुरु हुने जनाएको छ ।
भलिबल संघका महासचिव रोशन श्रेष्ठले नेपालमा आयोजना हुने काभा महिला सेन्ट्रल जोन भलिबलका लागि टिमको प्रशिक्षण सुरु गर्न लागिएको जानकारी दिए ।
दसरथ रंगशालाको कभर्ड हलमा हुने बन्द प्रशिक्षणमा १८ देखि २१ खेलाडी राखिने संघका महासचिव श्रेष्ठले जानकारी दिए ।
'आगामी मे महिनामा नेपालमा आयोजना हुने काभा महिला भलिबल प्रतियोगिताका लागि टिमको तयारी गर्न फागुन ४ गतेबाट महिला टिमको प्रशिक्षण सुरु हुनेछ,' महासचिव श्रेष्ठले भने, '१८ देखि २१ खेलाडी राखेर तयारी गर्नेछौँ ।'
प्रतियोगिता आगामी मे २० देखि ३० भित्र आयोजना हुने महसचिव श्रेष्ठले जानकारी गराए ।
प्रतियोगितामा नेपालसहित १० टिमको सहभागिता रहने श्रेष्ठले जानकारी दिए ।
महिला टोलीलाई सुरुआतमा नेपालकै प्रशिक्षकले प्रशिक्षण गराउने छन् ।
बेल्जियमका नवनियुक्त मुख्य प्रशिक्षक जान जोसे डी ब्रान्ट नेपाल आएपछि महिला टोलीले उनको नेतृत्वमा तयारी गर्नेछ ।
जान डी आगामी मार्च पहिलो साता नेपाल आईपुग्ने छन् ।
यो पनि ....
नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकमा जान डी