मुवाँथाइको रेफ्री सेमिनार आयोजना
२०२३ फेब्रुअरी ११, शनिबारखेलपाटी संवाददाता
1676123915.jpg&w=3840&q=75)
काठमाडौं । राष्ट्रिय मुवाँथाइ संघ नेपालको आयोजनामा मुवाँथाइ रेफ्री सेमिनार त्रिपुरेश्वरस्थित आफ्नै हलमा शनिबार सम्पन्न भएको छ ।
एकदिने सेमिनारमा २० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
उनीहरुलाई मुवाँथाइका प्रमुख प्रशिक्षक गणेशलाल कक्षपतिले प्रशिक्षण दिएका थिए ।
सेमिनार काठमाडौंमा फागुन ४ गतेदेखि सुरु हुने छैटौं राष्ट्रिय मुवाँथाइ प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरिएको हो ।
मुवाँथाइको रेफ्री सेमिनार आयोजना