काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीको कार्यसमिति सदस्यमा नेपालबाट कर्माछिरिङ शेर्पाले उम्मेदवारी दिएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष रहेका शेर्पाले ९ सदस्यीय कार्यकारी समिति सदस्यमा दक्षिण एसियाली क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।
दक्षिण एसियाबाट कर्मा सहित श्रीलंकाका अनुरा डि शिल्भा र भुटानका युजेन टीएसचुपले मनोनयन दर्ता गराएका छन् । एएफसीको नयाँ नेतृत्वका लागि आगामी बर्ष अप्रिल ६ मा मलेसियमा हुने एएफसीको २९ औ कांग्रेसको साधारण सभामा निर्वाचन हुदैछ ।
नयाँ नेतृत्वमा समेत वर्तमान अध्यक्ष शेख सलमान विन अब्राहिम अल खालिफाले मनोनयन दर्ता गराएका छन् ।