काठमाडौं । नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सर्किट– १ का विजेता अकी र आरभको जोडीले अमेरिकाका मानव हरिराज र ताइपेईंका काइ एन वुको जोडीलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे ।
भारतका प्रणव कोराडे र स्मिट निलेशभाइ पटेल, भारतका सेहजसिंह पवार र देबशिष साहु तथा चीनका वेन्बो बाइ र फान्मिङ मेङको जोडी पनि सेमिफाइनलमा पुगे ।
गर्ल्स डबल्समा भारतका अनुष्का भोला र मेहक कपुर, भारतकी रजा किलारु र चीनकी झाङ क्विन वेइ, मंगोलियाका दिदीबहिनी मार्ता र मराल्गु चोक्सोम्जाभ तथा बेल्जियमका क्यामिली फिसेट र रुसकी मिलिना शुब्खानकुलोभाको जोडी सेमिफाइनलमा पुग्न सफल भए ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा चीनका वेन्बो, भियतनामका फाम ला होङ र रान क्वेक कुङ, भारतका प्रत्यश, देबशिष र सेहज तथा ताइपेईंका काइ इन याङले क्वाटरफाइनल यात्रा तय गरे ।
गर्ल्स सिंगल्समा बेल्जियमकी क्यामिली, रुसकी मिलिना, मंगोलियाका मार्ता र मराल्गु, चीनकी झाङ तथा भारतका सिम्रिन अहमद, दुर्गान्सी कुमार र तमन्ना तकोरियाले क्वाटरफाइनलमा स्थान पक्का गरे ।