काठमाडौं । न्यु डायमण्डकी प्रतिभा माली छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार न्यु डायमण्डलाई च्याम्पियन बनाउन सफल प्रतिभा सर्वोत्कृष्ट चुनिएकी हुन् ।
सर्वोत्कृष्ट बनेकी प्रतिभाले नगद ५० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । सर्वोत्कृष्ट खेलाडीका लागि प्रदान गरिएको ५० हजार नगद मुक्तिनाथ विकास बैंकले प्रायोजन गरेको थियो ।
विधागततर्फ उत्कृष्ट स्पाईकरमा एपिएफकी निरुता ठगुन्ना, उत्कृष्ट ब्लकरमा एपिएफकी हिरा के.सी., उत्कृष्ट सर्भरमा एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा न्यु डायमन्डकी प्रगती नाथ, उत्कृष्ट लिवेरोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा न्यु डायमन्डका कुमार राई, उदियमान खेलाडीमा न्यु डायमन्डकी सलिना बुढामगर घोषित भए ।
विधागत तर्फका उत्कृष्ट प्रत्येकले नगद १५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।