काठमाडौं । बेलारुसकी आर्यना साबलेन्काले अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।
मेलबर्नमा शनिबार भएको फाइनलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै साबालेन्का च्याम्पियन बनेकी हुन् ।
पाँचौं वरीयताकी साबलेन्काले एलिनालाई ४-६, ६-३ र ६-४ ले पराजित गरे ।
साबलेन्काको यो पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि हो ।
२४ वर्षीया साबलेन्काले पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् ।
एलिना भने दोस्रो पटक ग्रान्डस्लाम जित्नबाट बन्चित भईन् ।
पुरुषतर्फको उपाधिका लागि सर्बियाका नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस सित्सिपास भिड्ने छन् ।