काठमाडौं । एथलेटिक्स परिवार नेपालले आयोजना गर्ने गोल्डेन एथलेटिक्स मिट प्रतियोगिता सरेको छ ।
एथलेटिक्स परिवारले मंगलबार एक विज्ञप्ति निकाल्दै प्रतियोगिता सरेको जनाएको छ ।
अब प्रतियोगिता माघ २२ र २३ गते आयोजना हुनेछ । यस अघि माघ २० र २१ मा हुने तय थियो ।
काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता प्राविधिक कारण सरेको बताईएको छ ।
गोल्डेन एथलेटिक्स मिटमा महिला र पुरुष तर्फ बिभिन्न २७ वटा ट्रयाक एण्ड फिल्ड ईभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा महिला र पुरुष तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर,५,००० मिटर,१०,००० मिटर दौडका साथै फ़िल्ड तर्फ लडगजम्प, ट्रिपलजम्प, हाईजम्प, सटपुट र ज्याभलिन थ्रो समावेश गरिएको छ भने ४ गुणा १०० मिटर दौड र नेपालमा पहिले पटक ४ गुणा ४०० मिटर मिक्स रिले दौड़ हुनेछ ।
व्यक्तिगततर्फ प्रत्येक ईभेन्टमा प्रथम हुनेलाई ६ हजार, द्वितीय हुनेलाई ४ हजार र तृतीय हुने खेलाडीलाई २ हजार नगद पुरस्कारको साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।
यसै गरि रिले दौडमा प्रथम हुने टिमलाई ८ हजार, द्वितीयलाई ६ हजार र तृतीयलाई ४ हजार नगद पुरस्कार दिईनेछ ।
महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी र राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई ६ हजारबाट पुरस्कृत गरिने छ ।