काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा शनिबार भएको खेलमा बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई हराउँदै जोकोभिचले चौंथो चरणमा स्थान बनाएका हुन् ।
९ पटकको च्याम्पियन जोकोभिचले ग्रिगोरलाई ७-६ (९-७), ६-३ र ६-४ ले पराजित गरे ।
जोकोभिच १५ औं पटक अष्ट्रेलियन ओपनको चौंथो चरणमा प्रवेश गरेका हुन् ।
जोकोभिच दशौँ पटक अष्ट्रेलियन ओपन जित्ने योजनामा रहेका छन् ।
३५ वर्षीय जोकोभिचले गत वर्ष भने खेल्न पाएका थिएनन् ।
कोभिड-१९ को खोप नलगाएको कारण उनलाई फर्काईएको थियो ।
यस वर्ष भने अष्ट्रेलिया सरकारले खोप विना प्रवेश निषेधलाई फुकुवा गरेको थियो ।