काठमाडौं । सातौं युथ कर्नर क्लब ५ किमी खुल्ला दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
युथ कर्नर क्लबको आयोजनामा हुने प्रतियोगिता माघ १२ गते बिहीबार हुनेछ ।
क्लबको ४७ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रतियोगिता हुन लागेको हो ।
दौड को महिला पुरुष विजेताले १२ हजार नगद प्राप्त गर्दा दोस्रोले ६ हजार र तेस्रोले ३ हजार पाउने छन् ।
चौंथो र पाँचौं हुनेले एक एक हजार पाउने आयोजकले जनाएको छ ।
यस्तै बाल खेलकुद प्रतियोगिता माघ १४ गते शनिबार तथा क्लबको ४७ औं वार्षिकोत्सव, अभिनन्दन तथा पुरस्कार वितरण माघ १९ गते आइतबार हुनेछ ।