प्रधानसेनापति म्याराथन माघ अन्तिम साता
बिहिबार, माघ ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता माघको अन्तिम साता आयोजना हुने भएको छ ।
नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ २८ गते नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने जनाएको छ ।
महाशिवरात्री र आफ्नो सेना दिवसको अवसरमा म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको सेनाले जनाएको छ ।
प्रतियोगितामा खुला म्याराथन भने पुरुषतर्फ मात्रै हुनेछ । हाफ म्याराथनमा महिला र पुरुष दुबै विधा समावेश गरिएको छ।
यस्तै प्रतियोगितामा १० किलोमिटर र ५ किलोमिटर दौड पनि समावेश गरिएको छ ।
म्याराथनको विजेताले ३ लाख नगद पुरस्कार पाउने छ । यस्तै दोस्रो हुनेले दुई लाख, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ५० हजार गर्दै दशौं स्थानसम्म हासिल गर्नेले क्रमसः नगद पुरस्कार पाउने छन् ।
प्रधानसेनापति म्याराथन माघ अन्तिम साता










-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)
