काठमाडौं । अष्ट्रेलियाका टेनिस खेलाडी निक किरियोसले अष्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएका छन् ।
घूँडाको चोटका कारण निकले अष्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएका हुन् ।
पहिलो खेल खेल्नु एक दिन अगाडी निकले प्रतियोगिताबाट नाम फिर्ता लिएका हुन् ।
निकले मंगलबार रुसी खेलाडी रोमन साइफुलिनसँग खेल्ने तालिका रहेको थियो ।
२७ वर्षीय निकले अष्ट्रेलियन ओपन जित्न सकेका छैनन् ।