काठमाडौं । दुई फरक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताका लागि समान ३–३ पुरुष÷महिला गरी ६ खेलाडी बुधबार छनोट भएका छन् ।
जुनियर डेभिस कपका लागि ३ पुरुष तथा बिलि जिन किङ कपका लागि ३ महिला खेलाडी छनोट गरिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
डेभिस कपमा आयुशमान हजुर घले, श्रृजन भट्टराई र श्रीयोग अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । किङ कपमा सुनिरा थापा, जेनी खड्का र प्रशंसा मोक्तानले सहभागिता पक्का गरेका छन् ।
दुवै प्रतियोगिता श्रीलंकाको कोलम्बोमा फ्रेब्रुअरी २० देखि २५ तारिखसम्म हुनेछ । दुवै प्रतियोगिता यू-१६ उमेरसमूहको हो ।
कोलम्बोमै फेब्रुअरी १३ देखि १७ तारिखसम्म हुने आईटीएफ वल्र्ड जुनियर टेनिस प्रतियोगिताका लागि पनि खेलाडी छनोट प्रतियोगिता हुने भएको छ ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने छनोट जनवरी २२ तारिखमा हुने कार्यालय सचिव देवकोटाले जानकारी गराए । यू–१४ उमेर समूहको प्रतियोगितालाई नेपालबाट समान ३–३ पुरुष÷महिला खेलाडी छनोट गरिने छ ।