काठमाडौं । झिल्टुङ्ग क्रसकन्ट्री दौडको पाँचौ संस्करण माघको दोस्रो साता आयोजना हुने भएको छ ।
नुवाकोटको वेलकोटगढी वडा नम्बर ५ को आयोजना तथा नेपाल एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुने दौड माघ १४ गते शनिबार आयोजना हुने भएको हो ।
दौड कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुनेछ ।
प्रतियोगिताको १३.५ किमि पुरुष तथा महिला विजेतालाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई समान ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
स्थानीय बेलकोटगढी नगरपालिका भित्रका पुरुष विजेतालाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रो हुनेलाई समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
यस्तै ४.५ किमिको खुल्ला जुनियर छात्र तथा छात्रालाई समान ६ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलाई २ हजार रुपैयाँ प्रदान गरिनेछ ।
स्थानीय छात्र, छात्रातर्फ विजेतालाई ६ हजार, दोस्रोलाई ४ हजार र तेस्रो २ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको छ ।
त्यस्तै ४.५ किमिको ४५ वर्ष माथिका स्थानीय पुरुष विजेतालाई ६ हजार, दोस्रोलाई ४ हजार र तेस्रो २ हजार तथा १३.५ कि.मि. खुल्ला भेट्रान खुल्ला पुरुषतर्फ विजेतालाई ८ हजार, दोस्रोलाई ६ हजार र तेस्रोलाई ४ हजार प्रदान गरिने छ ।
४. ५ किमीको आमा समुह दौडका विजेताले १२ हजार, ९ हजार र ६ हजार रुपैयाँको पुरस्कार राखिएको छ ।
दौड प्रतियोगितामा करिब ५०० खेलाडीहरुले भाग लिने अनुमान गरीएको छ ।
प्रतियोगिताको व्यवस्थापकमा बेल्कोटगडी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मदन भुजेल र संयोजकमा एथलेटिक्स परिवार, नेपालका सल्लाहकार मोहन नेपाल रहेका छन् ।