शनिबार, २० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रदिप र अभिलाषालाई माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधि

शनिबार, १६ पौष २०७९नारायण क्षेत्री
प्रदिप र अभिलाषालाई माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधि
Loading ad...
mustang rice ad

पोखरा ।  १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस सिंगल्सतर्फको उपाधि नेपालका नं १ टेनिस खेलाडीद्वय प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको ओपन सिंगल्स मेन्स तर्फको उपाधि प्रदिप र उमेन्सतर्फ अभिलाषाले जितेका हुन् ।

शनिबार पोखरा रंगशालामा सम्पन्न मेन्स सिंगल्सतर्फको प्रतिष्पर्धात्मक खेलमा प्रदिपले प्रनभ खनाललाई २–१ ले जित्दै उपाधि जिते । खुट्टामा चोट बोकेका प्रदिपले पहिलो सेट ६–३ ले जित्दै प्रनभ माथी दबाव बनाउने प्रयास गरेका थिए । तर दोश्रो सेटमा प्रनभ खेलमा फर्किदैं १–६ ले जितेर प्रदिपलाई चुनौती पस्किएका थिए । सिंगल्सका उपाधि विजेता प्रदिप डबल्सतर्फको उपाधि बिजेता समेत हुन् । नेहाल जङ्ग बहादुर थापा र प्रदिपको जोडीले डबल्सतर्फ उपाधि जितेका थिए ।

अन्तिम सेटमा प्रदिपले ७–५ ले खेल जित्दै उपाधि सहित नगद ८० हजारका साथमा ट्रफी हात पारेका छन् । प्रदिप नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता समेत हुन् । उपविजेता बन्न सफल प्रनभले नगद रु ४० हजार प्राप्त गरे । सेमीफाइनालिष्ट दुई रितिक राना र अकि जुवेन रावतले जनही नगद रु १०–१० हजारका साथमा प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका संयोजक तथा कास्की टेनिसका उपाध्यक्ष नविन चालिसेले जनाएका छन् ।

उमेन्सतर्फ नेपालकी नं १ टेनिस खेलाडी अभिलाष विष्टले उपाधि सहित नगद रु ८० हजारका साथमा ट्रफी हात पारेकी छन् । सम्पन्न फाइनलमा अभिलाषाले सर्भानी श्रेष्ठलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरिन् । उपविजेता बन्न सफल सर्भानीले नगद ४० हजारका साथमा ट्रफी हात पार्दा सेमीफाइनालिष्ट दुई खेलाडी सुनिरा थापा प्रकृती श्रेष्ठ तेश्रो हुँदै जनही नगद रु १०–१० हजार प्राप्त गरेका छन् ।

यस्तै ३५ वर्ष माथीको मेन्स भेट्रान्स सिंगल्सको उपाधि जितेन्द्र परियारले जितेका छन् । जितेन्द्रले कमल भण्डारीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् । उपाधि सहित जितेन्द्रले नगद ६० हजार हात पार्दा उपविजेता कमलले नगद ३० हजार प्राप्त गरेका छन् ।

४५ वर्ष माथी भेट्रान्स सिंगल्समा रोहित सुनुवार बिजयी भए । रोहितले बिमल गुरुङ विरुद्ध सुपर ट्राइ ब्रेकरमा फाइनलमा पराजित गरे ।  पहिलो सेट ६–४ ले जित्दै रोहितले आफ्नो पक्षमा पारे पनि दोश्रो सेट २–६ ले गुमाउन पुगे । अन्तिम सेटमा १०–४ ले जित्दै सो उमेर समुहको उपाधि सहित रोहितले नगद रु ४० हजार प्राप्त गर्दा  बिमलले नगद  २० हजार हात पार्न सफल भए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि भने सौगात बिकले हात पारेका छन् । उनले १९ औं माछापुच्छे« बैंक पोखरा ओपनतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै प्रतियोगिताको ‘मष्ट प्रोमिजिङ प्लेयर अफ द टुर्नामेण्ट’को उपाधि सहित करिव ३५ हजार पर्ने साइकल प्राप्त गरेका छन् ।

बिजेता खेलाडीहरुलाई माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशन केसी, केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ, राजु श्रेष्ठलगायतले ट्रफी, नगद र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशन केसीले केसी ग्रुपले पोखराको खेलकुद र शिक्षाको क्षेत्रको विकासका लागि सहयोग गरिरहेको बताए ।

Loading ad...
LiNing Ad
प्रदिप र अभिलाषालाई माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रणव र आयुशमानको जोडी विजेता

प्रणव र आयुशमानको जोडी विजेता

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

Loading ad...
xTreme Energy Drink
मोड्रिचमा कायम छ खेल्ने रहर

मोड्रिचमा कायम छ खेल्ने रहर

ह्यालान्डको गोलमा सिटीको जित

ह्यालान्डको गोलमा सिटीको जित

डर्टमन्डको रोमाञ्चक पुनरागमन

डर्टमन्डको रोमाञ्चक पुनरागमन

सगरमाथाको लगातार दोस्रो जित

सगरमाथाको लगातार दोस्रो जित

काठमाडौंसँग मधेश हार्‍यो

काठमाडौंसँग मधेश हार्‍यो

बार्सिलोनाले छान्यो ५  कप्तान, १९ वर्षीय यमल  पनि सूचीमा

बार्सिलोनाले छान्यो ५ कप्तान, १९ वर्षीय यमल पनि सूचीमा

ताप्लेजुङ गोल्डकपको  उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकप  फाइनलअघि मेसीलाई  सम्मान !

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान !