पोखरा । भीमकालीपाटन बगरस्थित पीएन क्याम्पसमा अन्तर संकाय खेलकुद प्रतियोगिता अन्तर्गत ५ किलोमिटर छात्र/छात्रा दौड प्रतियोगिता आयोजना भएको छ ।
विद्यार्थी कल्याण तथा खेलकुद शाखाले आयोजना गरेको दौड अन्तर्गत छात्रतर्फ ३२ जना र छात्रातर्फ २१ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
पोखरा महानगरपालिका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न दौडको छात्रतर्फ व्यवस्थापन संकायमा सन्जोक घर्तीले प्रथम स्थान प्राप्त गरे भने विवेक तिलिजाले दास्रो र आकाश थापाले तेस्रो स्थान हासिल गरे ।
छात्रातर्फ व्यवस्थापन संकायकी अनिशा भण्डारीले प्रथम स्थान प्राप्त गरिन भने व्यवस्थापनकै अञ्जु गिरीले दोस्रो स्थान हासिल गरिन् । मानविकी संकायकी सुशिला शाहीले तेस्रो स्थान हासिल गरिन् ।