काठमाडौं । १२ औ राष्ट्रिय जुनियर आइटीएफ तेक्वान्दो च्याम्पियनसिप रामेछापको सुनापतीमा सम्पन्न भएको छ ।
प्रतियोगितामा बाग्मती प्रदेश ६ स्वर्ण, ५ रतज तथा १ कास्य पदक सहित पहिलो भयो । यसैगरी आयोजक सुनापती तेक्वान्दो एकेडेमी ६ स्वर्ण, ३ रजत तथा ४ कास्य सहित तेस्रो भयो । लुम्बीनी प्रदेश ४ स्वर्ण, ४ रजत तथा ६ कास्य पदक सहित तेस्रो भयो ।
प्रतियोगिताको महिला तर्फ प्रदेश –१ का कुशुम राजवंशी तथा पुरुष तर्फ सुदुरपश्चिमका रिजन शिवभक्ति उत्कृष्ट खेलाडी भए । प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी सुनापती गाँउपालिकाका अध्यक्ष ठूलाकान्छा तामाङ तथा विशेष अतिथी गाउँपालिका उपाध्यक्ष गिता विष्टले पुरस्कार वितरण गरे ।
समापन समारोह आयोजक कमिटीका अध्यक्ष बाबुराम तामाङको सभापतीत्वमा भएको थियो । २ दिने प्रतियेगिताको लागत रकम १३ लाख रुपैया थियो ।