काठमाडौं । नेपाल तेक्वान्दो महासंघले तेक्वान्दोका ओलम्पियन दीपक विष्ट र संगीना बैद्यलाई सम्मान स्वरूप मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा गठित महासंघको पहिलो बैठकले दीपक र संगीनालाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै राखेपले मंगलबार दुई तेक्वान्दो संघलाई खारेज गर्दै नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो ।
राखेपले अस्तित्वमा रहेको नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरेको हो ।
दुई संघलाई विघटन गर्दै राखेपले प्रदीप जोशी अध्यक्ष र इन्द्रमान तुलाधर महासचिव रहेको महासंघ रहेको दर्ता गरेको थियो ।
हेर्नुहोस् निर्णय -