तीन केन्याली धावकलाई प्रतिबन्ध
मंगलबार, ०५ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । तीन केन्याली धावकलाई प्रतिबन्ध लागेको छ ।
एथलेटिक्स इन्टिग्रिटी युनिटले एन्टी डोपिङ नियम उलंघन गरेको भन्दै तीन केन्याली धावकलाई प्रतिबन्ध लागेको हो ।
म्याराथन धावक एलिस जेप्केमबोई किमुताई र जोनस्टोन किबेट माइयोलाई ३ वर्षको प्रतिबन्ध लागेको छ ।
यस्तै स्प्रिन्टर मार्क ओटिनोलाई २ वर्षको प्रतिबन्ध लागेको छ ।
तीन पटकको १०० मिटर च्याम्पियन ओटिनो टोकियो ओलम्पिक अघि डोपिङमा असफल भएका थिए ।
तीन केन्याली धावकलाई प्रतिबन्ध










-1767098144368.jpg&w=3840&q=75)



-1767081985409.jpeg&w=3840&q=75)

