काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि आज शनिबार क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने क्रोएसिया र मोरक्कोबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।
क्रोएसिया र मोरक्को तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन् । यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।
अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो ।
यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले हराएको थियो ।
हेड टु हेड -
दुई टोलीबीच हालसम्म दुई खेलमा प्रतिस्पर्धा छ । जसमा क्रोएसियाले एक खेल जितेको छ । एक खेल बराबरीमा सकिएको छ ।
मोरक्को र क्रोएसियाबीच दोस्रो पटक कतार विश्वकपको समूह चरणमा प्रतिस्पर्धा भएको थियो । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।
सम्भावित सुरुआती-११
मोरक्को - यासिन बोनोउ, आच्रफ हाकिमी, जावाद एल यामिक, रोमैन सैस, याह्या अत्टियट अल्लाह, एजेदिन ओनाही, सोफयान अम्राबत, सेलिम अमल्लाह, हाकिम जिएच, युसेफ एन-नेसिरी, सोफियान बौफल
क्रोएसिया - डोमिनिक लिभाकोभिच, जोसिप जुरानोभिच, डेजान लोभरेन, जोस्को ग्वार्डियोल, बोर्ना सोसा, लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच, माटेओ कोभासिच, एन्ड्रेज क्रमारिच, मारियो पासालिच, इभान पेरिसिच
प्लेयर्स टु वाच -
यस खेलमा प्लेयर्स टु वाचमा क्रोएसियाका लुका मोड्रिच र मोरक्कोका आच्रफ हाकिमी रहेका छन् ।