बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. अर्जेन्टिनाले विश्वकप जित्न सक्ने आधारहरु

अर्जेन्टिनाले विश्वकप जित्न सक्ने आधारहरु

२०२२ डिसेम्बर १७, शनिबारहेम राज हमाल

अर्जेन्टिनाले विश्वकप जित्न सक्ने आधारहरु

काठमाडौं ।  पहिलो पटक अर्जेन्टिना र फ्रान्स विश्वकपको फाइनलमा भिड्दैछन् र दुबै टोली तेस्रो उपाधिको खोजीमा छन् । फ्रान्सेली टोलीले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी जित्यो । अर्कोतर्फ अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो ।

प्राविधिक रूपमा अर्जेन्टिना फ्रान्ससँग सतर्क छ । चार वर्षअघि विश्वकप राउण्ड अफ १६ मा फ्रान्सेली टोलीले कजानमा भएको खेल ४-३ ले जितेको थियो। यो विश्वकप धेरै कुराले अर्जेन्टिनाको लागि महत्वपूर्ण छ। बिशेष त उनीहरुका महान खेलाडी लियोनेल मेस्सीको यो अन्तिम विश्वकप हो । त्यसैले मेस्सी मात्र होइन पूरा अर्जेन्टिनाले दोस्रो मौका पाएको छ । सन् २०१४ मा नजिक पुगेर पनि जर्मनीले उपाधि खोसेको थियो। त्यो अर्जेन्टिनाको लागि  पीडादायी थियो। सदा झैँ विश्वकप २०२२ को लागि अर्जेन्टिना दाबेदारको सूचीमा थियो। गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाका समर्थक यसपटक विश्वकपको खडेरी अन्त्य हुनेमा आशावादी छन् ।

अर्जेन्टिना यस विश्वकपमा जसरी खेलिरहेको छ, त्यसका केही 'फ्याकटर'हरु छन् । पहिलो खेलमा साउदी अरेबियाविरुद्ध हारेको अर्जेन्टिना अन्ततः फाइनल खेल्दै छ । के हुन् ती आधारहरू, जसले उसलाई विश्वकप बिजेता बनाउन सक्छ ? समर्थकलाई आशावादी बनाउने केही कारणहरू के के छन्, हेरौं !

१. मेस्सी 'म्याजिक'

उनी पहिले जादुगर थिए । तर अहिले समर्थक उनलाई भगवान समेत मान्न थालेका छन् । सुन्दा अलि धेरै लाग्ला, तर यस विश्वकपमा उनको प्रदर्शन साँच्चै 'गड लेभल'कै छ । कुनै कुनै क्षणमा त यस्तो चमत्कार देखाएका छन् कि आफै भन्न मन लाग्छ वाह ! मेस्सी ।

मेस्सीलाई टोलीमा राख्नुको महत्त्व बुझाउन खोज्नु पागलपन हो । मेस्सी फर्ममा छन् भने टोलीका लागि कति ठूलो सम्पत्ति हुन् भन्नको लागि कुनै नयाँ कुरा छैन। मेस्सीले विगत डेढ दशकमा क्लबका लागि वा राष्ट्रिय टोलीका लागि के गरेका छन्, त्यो सबैलाई थाहा छ । यदि कसैलाई लाग्दैन थियो भने गत वर्ष कोपा अमेरिका जित्दा शंका गर्नेहरूको लागि प्रश्नको अन्त्य पनि भयो। बाँकी विश्वकप मात्रै हो । मेस्सीको विश्वकप जित्ने आतुरता उनको खेल्ने तरिकाबाट देख्न सकिन्छ । यसअघि उनी राष्ट्रिय टोलीको जर्सीमा आक्रमणको जिम्मेवारीमा मात्र हुन्थे, तर उनी ट्याकलहरु चाहँदैनथे। अब आवश्यकता परेमा मेस्सीले विपक्षीलाई ट्याकल दिइरहेको देखिन्छ। दबाब दिदै गरेको देख्न सकिन्छ ।

भाग्यवस ! विगतमा जस्तै, अर्जेन्टिनाका अन्य खेलाडीहरूले मेस्सीको खुट्टामा बल देख्दा टोलीको केमिस्ट्री बिर्सने गर्दथे, तर अब त्यो अवस्था रहेन। जब तपाई  मेस्सी तल झरेको देख्नुहुन्छ, विपक्षीको बक्समा जुलियन अल्भारेज, रोड्रिगो डि पल, म्याक अलिस्टर उपस्थित हुन्छन्। फलस्वरूप यदि मेस्सी रोकिएमा अर्जेन्टिनाले गोल गर्ने को हो भन्ने चिन्ता लिनु पर्दैन ।

मेस्सीलाई अर्जेन्टिनाको जर्सीमा पहिलेभन्दा बढी सपोर्ट मिल्न थालेको छ। क्रोएसियाविरुद्ध जुलियन अल्भारेजको लागि गरेको सुन्दर असिस्ट सहित उनका पाँच गोल र तीन असिस्टले यस प्रतियोगितामा ३५ वर्षिय खेलाडीले आफ्नो विश्वकप करियरमा अर्जेन्टिनाको लागि ग्याब्रिएल बाटिस्टुटाको १० गोलको कीर्तिमान तोडिसकेका छन्। मेस्सी, थियो हर्नान्डेजले छोडेको स्पेसमा फ्रान्सेली ब्याकलाइनमा खाली ठाउँहरू 'एक्सप्लोइट' गर्न सक्छन्। राफेल भारान र इब्राहिमा कोनाटेलाई चुनौति थप्दै अल्भारेजको लागि बल थ्रेड गर्न सक्छन्। त्यसमाथि दुबै फ्रान्सेली सेन्टर ब्याक बिरामी परेका समाचार आइरहेका छन् । यो अवस्थामा फ्रान्सलाई ठुलो संकट आउन सक्छ। मेस्सीको भरोसाले अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्न सकिन्छ भन्ने कुरा अर्जेन्टिनाले कोपा अमेरिका र ला फाइनालिसिमा जितेर प्रमाणित गरिसकेको छ । बाँकी छ त केवल विश्वकप।

२. टिममा भाईचारा र सद्भावको भावना

जब खेलाडीहरू अर्जेन्टिनाको लागि खेल खेल्न क्लोज क्याम्पमा जान्छन्, सामाजिक सञ्जालमा उनीहरूको गतिविधिमा नजिकबाट नजर राख्नुहोस्। रोड्रिगो डि पल, लियान्ड्रो परेडेस, पाउलो डिबाला, एन्जल डि मारिया, क्रिस्टीयन रोमेरो, एमि मार्टिनेज, जुलिएन अल्भारेज आदिद्वारा पोस्ट गरिएका सामुहिक तस्बिरहरूले आपसी भाईचाराको व्याख्या गर्छ।

टोलीका खेलाडीहरू कम्तिमा पनि एकअर्काबाट अलग्गै छैनन्, उनीहरूको सम्बन्ध बलियो छ भनेर प्रमाणित गर्नै पर्दैन, आफै देखिन्छ। पहिलो पटक विश्वकप खेलिरहेका युवा अल्भारेज, एन्जो फर्नान्डेजलाई सिनियरले देखाएको स्नेह उदाहरणीय छ । नेदरल्याण्डविरुद्धको पेनाल्टी सुटआउट पछि सारा खेलाडी दर्शकसामु खुसी मनाउँदै दौडिएको बेला मैदानमा ढलिरहेका एमि मार्टिनेजलाई उठाउन मेस्सी गएको दृश्य भाइरल बन्यो। यसले 'ब्रदरहुड' जनाउँछ। जुन अन्य टोलीमा कमै देखिन्छ।

खेलाडीबीचको बलियो सम्बन्ध कुनै पनि टोलीको सफलताको सुत्र हो । कसलाई थाहा छैन, सबैले मुस्कानका साथ लियोनल मेस्सीलाई टोलीको एकमात्र नेताको रूपमा स्वीकार गरेका छन्। टोलीका सबैजना मेस्सीका लागि केही गर्न आतुर छन् । मेस्सीसँग सबैको व्यक्तिगत सम्बन्ध अर्को तहमा छ ।

यो टोलीलाई २०१८ को अर्जेन्टिना भन्दा नयाँ मानिन्छ। यी नयाँ टोलीका साथीहरूसँग मेस्सी आफैं राष्ट्रिय टोलीमा खेलको मजा लिइरहेका छन्। यहि भाइचारा कोपा अमेरिका र फाइनालिसिमा जित्दा देखियो । बाँकी छ त केवल विश्वकप।

३. सुधारिएको रक्षापंक्ति (डिफेन्स)

 डिएगो म्याराडोनाको प्रशिक्षणमा, २०१० को विश्वकपमा अर्जेन्टिनामा नेचुरल फुलब्याक कसैले खेलेनन् । लेजेन्डरी राइट ब्याक जेभियर जेनेट्टीलाई छनोट गरिएको थिएन। लेफ्ट-विङ्गर होनास गुटेरेजलाई राइट ब्याकको रूपमा खेलाइएको थियो। र निकोलस बर्डिसो, निकोलस ओटामेन्डी वा क्लेमेन्ट रोड्रिग्वेज जस्ता सेन्टर ब्याकहरू फुलब्याकको रूपमा खेलेका थिए। २०१४ मा एलेजान्ड्रो साबेयाले सुरुआती एघारमा नियमित प्रयोगहरू गरे। यद्यपि त्यहाँ तालमेल मिल्दोजुल्दो थिएन। अर्जेन्टिनाले प्रतियोगिताको सुरुआत ३-५-२ मा गरेको थियो र त्यसपछि ४-३-३ खेल्दै क्वार्टरफाइनलमा बेल्जियमसँग जित निकालेको थियो। तर फाइनलसम्म पनि डिफेन्स सेटल भएन ।

२०१८ को विश्वकपले पनि डिफेन्सको हिसाबले २०१० को विश्वकपको याद दिलायो। प्रशिक्षक जर्ज साम्पाओलीलाई फुलब्याकको रूपमा कसले खेल्ने, अर्जेन्टिनाले ब्याक ३ डिफेन्डरसँग खेल्ने कि ४ डिफेन्डरसँग खेल्ने भन्नेमा शंका थियो । यसरि हेर्दा अर्जेन्टिना र उसको डिफेन्स लाइनबिच विश्वकपमा जहिल्यै समस्या उत्पन्न भइरहेको हुन्छ। तर अहिलेको अर्जेन्टिनामा कुनै समस्या छैन । निकोलस ओटामेन्डीको छेउमा क्रिश्चियन रोमेरो, राइटब्याक नाहुएल मोलिना हुन्, गोन्जालो मोन्टिएल पहिलो रोजाइको नहोलान्। लेफ्ट ब्याक मार्कोस अकुना र निकोलस ट्याग्लियाफिको नेचुरल हुन् । लिसान्ड्रो मार्टिनेज, जुआन फोयथ र जर्मन पेजेला जस्ता खेलाडीहरू अझै पनि मूल एघारको हिस्सा छैनन्, तर जब पनि उनीहरूले मौका पाउँछन्, उनीहरूले आफूलाई प्रमाणित गरेका छन्।

मुख्य कुरा के हो भने अर्जेन्टिनाको डिफेन्समा प्रभावकारी खेलाडीको कमी छैन। अर्जेन्टिनाले ६ जनाको डिफेन्समा नियमित खेलिरहेको छ । र प्रशिक्षक लियोनेल स्कालोनीलाई यी खेलाडीहरूलाई कहिले र कसरी प्रयोग गर्ने भन्ने राम्ररी थाहा छ। आपसी समझदारी राम्रो छ, विपक्षीको दबाबका बाबजुद अर्जेन्टिना डिफेन्सबाट एक-एक बल प्रदान गर्न सक्षम छ। पहिले गोल कन्सिड गर्दा डिफेन्स 'प्यानिक' बन्थ्यो हुनत विश्वकपमा अँझै यसको परिक्षा भएको छैन तर कोपा अमेरिका र फाइनालिसिमा डिफेन्सले निकै मेहनतले जितेको थियो। बाँकी छ त केवल विश्वकप।

४. प्रशिक्षक लियोनेल स्कालोनी

उनको बारेमा धेरै चर्चा भएको छैन तर यस यात्रामा उनी यस्ता पात्र हुन् जसले साँच्चै फाइनल जिताउन सक्छन्, हराउन पनि सक्छन् । त्यसैले उनलाई सम्मान दिनु जरुरी छ । अर्जेन्टिना प्रशिक्षक लियोनेल स्कालोनीमा भर पर्न थालेको छ । उनले सुरुदेखि नै धेरै खेलाडी आदानप्रदान गरेर आफ्नो रोजाइको टोली बनाउने अवसर पाएका छन् । उनलाई आफ्नो हातको हत्केला जस्तै यस टोलीमा सबैको बलियो पक्ष र कमजोरी थाहा छ। स्कालोनिले ४-३-३ फर्मेशनको अधिकतम सदुपयोग गर्दै छन्, धेरै प्रयोग नगर्ने र परिणाममुखी फुटबल खेलाइरहेका छन् । जसले अन्त्यमा सकारात्मक भूमिका खेलिरहेको छ । अर्थात् उनको प्रशिक्षणमा २०१९ कोपा अमेरिकाको सेमिफाइनलमा पराजित भएपछि लगातार ३२ खेलमा अर्जेन्टिना अपराजित रह्यो ।

स्कालोनीले मेस्सीलाई प्रभावकारी ढंगले टोलीको जिम्मेवारी बुझाएका छन्, जुन अर्जेन्टिनाको खेल हेर्दा थाहा पाउन सकिन्छ । यस विश्वकपमा सबैभन्दा कान्छो प्रशिक्षकले आफ्नो प्रतिद्वन्द्वीमा निर्भर अर्जेन्टिनाको प्रणालीलाई अनुकूल बनाएर आफ्नो रणनीतिक नक्सा देखाएका छन्। अष्ट्रेलियाविरुद्ध उनले ४-३-३ शैली प्रयोग गरेका थिए । नेदरल्यान्ड्स विरुद्ध ५-३-२ को शैली लिएका थिए । क्रोएसियाको बिरूद्ध, उनले ४-२-२-२ प्रयोग गरे, रोड्रिगो डी पल र एलेक्सिस म्याक एलिस्टरलाई मिडफिल्डमा थप्दै, टक गर्न भने।  स्कालोनीले फ्रान्सलाई कुन प्रणालीबाट सुरु गर्ने भनेर अनुमान गर्ने मौका दिएका छैनन्।

अर्कोतर्फ, डिडियर डेसच्याम्प्स, यो प्रतियोगिताभर आफ्नो ४-३-३ प्रणालीसँग अड्किएका छन्। स्कालोनिको विपरीत, डेसच्याम्प्स प्रतिपक्षको बारेमा धेरै चिन्तित छैन। उनि फ्रान्सलाई फाइनलमा पुर्‍याउने यहि प्रणालीमा अडिग रहने अपेक्षा छ। आवश्यकता बमोजिम खेलाडी परिवर्तनगर्न सक्नु पनि स्कालोनिको मुख्य विशेषता हो भने जुलियन अल्भारेज, एन्जो फर्नान्डेज जस्ता उदाउँदा खेलाडीलाई देखाएको विश्वासले उनलाई राम्रो प्रशिक्षकको दर्जामा राखेको छ । किनकि विश्वकपमा डि मारिया, लौटारो मार्टिनेज, डिबाला जस्ता अनुभवि खेलाडीलाई बेन्चमा राख्न ठुलो साहस चाहिन्छ। यहि साहसले कोपा अमेरिका र फाइनालिसिमा जितेर इतिहास रचे । बाँकी छ त केवल विश्वकप।

५. गोलकिपर मार्टिनेजको चुम्बकीय शक्ति

गोलकिपरका लागि अर्जेन्टिनाको रुवाबासी आजको होइन । प्रमुख गोलकिपर रोबर्टो अबोन्डान्जिएरीको चोटका कारण मौका पाएका लियो फ्रान्को सन् २००६ को विश्वकपको क्वार्टरफाइनलमा जर्मनीविरुद्धको खेलबाट बाहिरिएका थिए। पेनाल्टी सुटआउटमा अर्जेन्टिनालाई मद्दत गर्न सकेनन। त्यसपछि सर्जियो रोमेरो आए । २०१४ को विश्वकपको सेमिफाइनलमा पेनाल्टी सुटआउट अपवाद रह्यो । यद्यपि रोमेरो आफ्नो सम्पूर्ण करियरमा अर्जेन्टिनामा स्थायी हुन सकेनन्। पछिल्लो विश्वकपमा विली काबालेरो र फ्रान्को अरमानीको हास्यास्पद गल्ती अर्जेन्टिना समर्थकलाई काँडा बनेको छ । बेला बेला च्वास्स बिझ्ने गर्दछ ।

प्रशिक्षक स्कालोनीका मुख्य गोलकिपर अब एमिलियानो मार्टिनेज हुन्। जसलाई 'डिबु' को उपनामले चिनिन्छ। र मार्टिनेजसँग विश्व-स्तरीय गोलकिपर हुन आवश्यक पर्ने सबै गुणहरू छन्। एक दशकअघि मेस्सीले क्याम्प नोउमा एक सिजनमा ९३ गोल गरिरहँदा, मार्टिनेज अझै इङ्ल्यान्डको तल्लो तहमा अक्सफोर्ड युनाइटेडबाट खेलिरहेका थिए। कोपा अघि मार्टिनेज पहिलो रोजाइको किपरको रूपमा राष्ट्रिय टोलीमा आएपछि, उनले मेस्सीलाई छिट्टै प्रभावित पारेका थिए। कोलम्बियाका तीन वटा पेनाल्टी रोकेर उनले मेस्सीलाई उत्तेजित पारेका थिए । जसरी यस विश्वकपमा नेदरल्याण्डविरुद्ध सेमिफाइनलमा प्रदर्शन गरे । जसरी उनले पछिल्लो कोपा अमेरिका सेमिफाइनल र फाइनलमा प्रमाणित गरे। बाँकी छ त केवल विश्वकप।

६. जुलियन अल्भारेज र एन्जो फर्नान्डेजको भोक

अल्भारेजको लागि त्यो कति रोमाञ्चक होला जब मेस्सीले व्यावसायिक फुटबमा डेब्यु गर्दा उनी तीन वर्षका थिए, मेस्सीले पहिलो पटक अर्जेन्टिनाका लागि खेल्दा पाँच र मेस्सीले आफ्नो देशका लागि ओलम्पिक स्वर्ण जित्दा आठ वर्षका थिए। कोलचिनमा हुर्कनु, टेलिभिजनमा मेस्सीलाई हेर्नु उनको दिनचर्या थियो। यो विश्वकपमा अल्भारेजको उदय अर्जेन्टिनाको लागि फलदायी रहेको छ। अल्भारेजले मेस्सीबाट सिक्ने प्रयास गरिरहेका हुन सक्लान् तर सत्य यो पनि हो कि यो उनिहरू बीचको भिन्नता हो, जुन अर्जेन्टिनालाई सही मिश्रण खोज्नको लागि महत्त्वपूर्ण भएको छ।

३५ वर्षका मेस्सीको दिमाग र खुट्टाको चाल अब बराबर छैन तर कतार विश्वकपमा अल्भारेज उनको खुट्टा बनेका छन् । सँगै उनिहरूले इतिहास बनाउन सक्छन्। अर्को तिर अर्जेन्टिनाको मिडफिल्डमा एन्जो फर्नान्डेजको परिचय २०२२ विश्वकपको सबैभन्दा महत्त्वपूर्ण क्षणहरू मध्ये एक साबित भएको छ। उनले मेस्सीविरुद्ध तुरुन्तै प्रभाव पारे, जित्नै पर्ने खेलमा एक आश्चर्यजनक बिजयी गोल गरेर‌। त्यसपछी उनले पछाडि फर्केर हेर्नुपरेको छैन, एक पछि अर्को गतिशील प्रदर्शन आइरहेको छ।

उनी फर्नान्डेज थिए, याद गर्नुहोस्, जसले त्यो थ्रु-बल खेलेका थिए, जुन थ्रु बलमा अल्भारेजले सेमिफाइनलको जितमा महत्त्वपूर्ण पेनाल्टी जिते। अचम्मको कुरा होइन लिभरपुल र म्यानचेस्टर सिटी जस्ता उच्च युरोपेली टोलीले एन्जोलाई तान्न खोजेका छन् । यि युवाहरुमा विशेष भोक देखिन्छ। यसि भोकले उनिहरूलाई कलिलो उमेरमै राष्ट्रिय टोलीमा पुर्यायो । मेस्सीको साथ खेल्ने सपना पुरा गरेका छन् । बाँकी छ त केवल विश्वकप।

अर्जेन्टिना विश्वकप जित्न सक्ने आधार
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

Bhat Bhateni
स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास