सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्वकपमा चम्केका मेस्सीका 'फ्यानब्वाई' अल्भारेज

शुक्रबार, ०१ पौष २०७९खेलपाटी संवाददाता
विश्वकपमा चम्केका मेस्सीका 'फ्यानब्वाई' अल्भारेज
Loading ad...
mustang rice ad

काठमाडौं । विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराउँदा अल्भारेजले दुई गोल गरे । हामी यस विश्वकपका एक चम्किलो युवा स्ट्राइकरलाई चिन्ने छौँ ।

जुलियन अल्भारेजले लियो मेस्सीलाई पूजा गर्छन् । अर्थात ’आइडल’ मान्छन् । करिब एक दशक अघिको तस्बिरमा कलिला अल्भारेजले आफ्नो आइडलसँग फोटो खिच्न पाउँदा मुस्कुराएको तस्बिर अहिले भाइरल बनिरहेको छ । १० बर्षपछि डिसेम्बर १३ मा उनले विश्वकपको सेमिफाइनलमा उनै मेस्सीको जादुई असिस्टबाट गोल गरे । अल्भारेजले उनको बाल्यकालमा मेस्सीलाई पूजा गर्नेदेखि अहिले मैदानमा उनिसँगै साझेदारी गर्नेसम्मको लामो यात्रा गरेका छन्। 

काल्चिनबाट आएको एक फुटबलप्रेमी बच्चा 

अल्भारेजको जन्म मेस्सीको जन्मस्थल रोजारियोबाट ३ सय ५० किलोमिटर टाढा रहेको सानो सहर काल्चिनमा भएको थियो। अर्जेन्टिनामा अन्यत्र जस्तै क्याल्चिनमा पनि फुटबल सांस्कृतिक रुपले अभिन्न अंग हो । युवा अल्भारेज पनि फुटबलको लागि पागल थिए । बाल्यकालमा उनको लागि सबैभन्दा बहुमूल्य सम्पत्ति आफ्नो शरीरमा हर्ल्याङ्ग हुने अर्जेन्टिनाको ठुलो जर्सी हुन्थ्यो।

११ वर्षको उमेरमा स्पेनिस जायन्ट रियल म्याड्रिडका लागि ट्रायल दिँदा अल्भारेजले आफ्नो प्रतिभाको चमक देखाइसकेका थिए। केवल उनको सानो उमेरले उनलाई अर्जेन्टिनामै राख्यो । किनकि नयाँ स्पेनी एफए कानूनले क्लबलाई अन्य देशका बालक खेलाडीलाई अनुबन्ध गर्न गाह्रो बनाएको थियो। 

त्यसपछी सबैभन्दा खराब फुटबल लिग मध्य एकमा अल्भारेजको फुटबल विकास भयो। अर्जेन्टिनाको प्राइमरा डिभिजन विश्वको सबैभन्दा डरलाग्दो र खतरनाक फुटबल लिगहरू मध्ये एक हो। यहाँ फुटबल खेलहरू प्रायः ’ग्लेडिएटोरियल’ प्रतिस्पर्धामा परिणत हुन्छन् । जसमा हाई ट्याकलहरू र वाइल्ड फाइटहरू सामान्य दृश्य हुन्। जहाँ अल्भारेज जस्ता फरवार्डका लागि टेक्निक र अट्याकिङ एबिलिटी भन्दा पर अर्जेन्टिनाको फुटबलले लचिलोपन र आफ्नो शरीरलाई सहनशील बनाउन सिकायो । बलमा जाईलाग्न इच्छाशक्ति चाहिन्छ भन्ने सिकायो । यो शैली अल्भारेजको खेलमा अहिले देखिन्छ । 

१६ वर्षको उमेरमा युवा अल्भारेजलाई दक्षिण अमेरिकाको सबैभन्दा ठूलो क्लब र अर्जेन्टिनी फुटबलका ’बिग–टु’ मध्ये एक रिभर प्लेटले अनुबन्ध गर्यो । प्राइमरा डिभिजनमा खेल्न आवश्यक पर्ने कठोरता विकास गर्दै प्रतिभा देखाउन अल्भारेजको लागि यो राम्रो प्लेटफर्म थियो। रिभर प्लेटसँगको आफ्नो समयमा अल्भारेजले कोपा लिबर्टाडोरेस, कोपा अर्जेन्टिना र प्राइमरा डिभिजन जस्ता अन्य उपाधिहरू जिते।

सन् २०२१ मा ३५ खेलमा २० गोल गरेर प्राइमेरा डिभिजनको शीर्ष गोलकर्ता बनेका उनी लिगका युवा ’फेनोम’ थिए। युवा अवस्थामै उनी दक्षिण अमेरिकी फुटबलर अफ द इयर घोषित भए। अल्भारेजको प्रदर्शनले सन् २०२१ मा कोपा अमेरिकाको विजयी अभियानको लागि अर्जेन्टिनाले राष्ट्रिय टोलीमा बोलाएको थियो।

सन् २०२२–२०२३ सिजन अघि इङलिस महारथी म्यानचेस्टर सिटीले रिभर प्लेटलाई १४ दशमलव १ मिलियन पाउण्डको ट्रान्सफर मुल्य तिर्दै जुलियन अल्भारेजलाई किन्ने निर्णय गर्यो । एर्लिंङ हालान्डको ब्लकबस्टर ट्रान्सफरको साथ म्यान सिटीमा सबैको मनमा र दिमागमा अल्भारेज छन्।

खेल्ने शैली 

जुलियन अल्भारेज एक बहुमुखी फरवार्ड हुन्, फ्रन्टलाइनमा जहाँसुकै खेल्न सक्षम छन्। जहाँ उनको आवश्यकता पर्छ, उनी त्यहाँ उपस्थित हुन्छन् । बिजुली जस्तै छिटो, आफ्नो दाहिने खुट्टाले आकर्षक नियन्त्रण राख्ने, अक्सर अप्ठ्यारो बेलामा रूपान्तरण हुनसक्ने, तिव्र पास र वान टच फुटबल खेल्ने शैली र दृष्टिको साथ अल्भारेज एक राम्रो लिङ्क–अप खेलाडी हुन्।

उनले बच्चैदेखि नराम्रा र खतरनाक दक्षिण अमेरिकी ट्याकल विरुद्ध खेल्दै आफ्नो शरीर स्पातझैँ बनाएका छन् । उनको ड्रिब्लिङ र टाइट स्पेसहरूमा चालबाजी गर्ने क्षमता उत्कृष्ट छ। अल्भारेज धेरै मेहनती खेलाडी हुन् । बलको वरिपरि दौडिरन्छन् र बलियो प्रेसको नेतृत्व गर्न सक्षम छन्। यी सबै विशेषताहरूले उनलाई आधुनिक खेलको लागि उत्तम फरवार्ड बनाउँछ। अर्जेन्टिनाका लागि उनको प्रदर्शनले उनको उच्च स्तरमा प्रतिस्पर्धा गर्ने मानसिकतालाई हाइलाइट गरेको छ।

असाध्यै माया गर्ने मेस्सी

लियोनल मेस्सीले विश्वकपमा म्यानचेस्टर सिटीका स्ट्राइकर जुलियन अल्भारेजको प्रभावबाट आफू छक्क परेको बताएका छन्। अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी स्विकार गर्छन् कि अल्भारेजले फाइनल यात्रामा महत्वपूर्ण भूमिका खेलेका छन् । यो मेस्सीसँगको उनको लिंक–अप प्ले हो, जुन अहिलेसम्म कतारमा उनीहरूको सफलताको लागि महत्वपूर्ण रहेको छ।
मेस्सीले भने, ‘जुलियनले देखाएको सहभागिता र महत्व कसैलाई पनि अपेक्षित थिएन । उनले हामीलाई दिएको मद्दत एकदमै शानदार छ।’

विश्वकपको समापनपछि सिटीमा एर्लिङ हालान्डसँग प्रतिस्पर्धामा फर्कने अल्भारेज मेस्सीको विश्वकप सपनाका सारथी बनेका छन्। मेस्सीले जारी राखे, ’पूरा विश्वकपमा उनी असाधारण थिए। उनि सबै ठाउँमा दौडिए। सबै कुराको लागि लडे, अवसरहरू सिर्जना गर्दै, लडाइँमा देखिए । हाम्रो लागि, उनि आश्चर्यजनक खोज थिए, र आफूले पाएको सबै कुराको हकदार छन् । किनभने उनि एक प्यारो केटा हुन।’ 

स्टारको उदय

फुटबलको सबैभन्दा ठूलो स्टेज विश्वकप हो, जसले अनौपचारिक फुटबल दर्शकको पनि ध्यान खिचेको हुन्छ। ठूलो स्टेजमा गरेको प्रदर्शनले धेरै फुटबलरको करियर परिभाषित गरेको छ। फुटबलको ’ट्रान्सेन्डेन्टल स्टार’ हरूको आगमनको घोषणा गरेको छ। विश्वकपमा ताराहरूको उदय हुने इतिहास छ।

कतारमा जुलियन अल्भारेजको प्रदर्शनले उनको फुटबल जिवनमा ठूलो प्रभाव छाडेको छ। बेन्चमा बसेर विश्वकपको सुरुवात गर्दै अल्भारेजले पहिलो दुई खेलहरूमा राम्रो प्रदर्शन पछि अर्जेन्टिनाको शुरुआती ११ मा मौका पाए।

 पहिलो खेलमा साउदी अरेबियासँगको पराजय र दोस्रो खेलको साँघुरो जितले अर्जेन्टिनाको विश्वकप अभियानलाई अप्ठ्यारो बनाइदियो। यस्तो बेलामा लय बाहिर भएका लौटारो मार्टिनेजको स्थानमा विकल्प थिए, युवा अल्भारेज । जो आफ्नो तिब्रता र प्रेसको सहयोगमा जोखिमपूर्ण खेलमा विपक्षीहरूलाई समस्या ल्याउन सक्छन्। उनको प्रभाव देखेर कोच स्कालोनीले जुलियन अल्भारेजलाई अर्जेन्टिनाको तेस्रो खेलमा सुरुवातमा मौका दिए, जसले अल्भारेजको जीवन र अर्जेन्टिनाको भाग्य दुवैलाई राम्रोसँग परिवर्तन गर्यो। 

पोल्याण्ड माथिको बिजयमा जुलियन अल्भारेजले वान टच फिनिशको साथ गोल गरे र पोल्याण्डलाई लगातार समस्याहरू निम्त्याए।  फाइनलको बाटोमा नकआउटमा थप तीन गोल गरे । सेमिफाइनलमा अल्भारेजको प्रदर्शन विशेष उल्लेखनिय थियो। उनले अर्जेन्टिनाको प्रत्येक गोलमा भूमिका खेले । मेस्सीको लागि पेनाल्टी जिते, आफ्नो पहिलो गोलको लागि आफ्नै हाफबाट बल लिएर कुदे, आफ्नो दोस्रो गोलको लागि अफ–बल रन बनाए । जसले गर्दा मेस्सीको सुपर असिस्ट सदुपयोग भयो । विपक्षीको बक्समा उनको उपस्थिति गजब थियो । फाइनलमा जे भए पनि फिफा विश्वकप २०२२ जुलियन अल्भारेजको लागि सफल उडान बनेको छ ।
 

Loading ad...
LiNing Ad
#अल्भारेज

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित